धनकुटाको चौबिसे गाउँपालिकाले भन्यो : विद्यालय बन्द नगर्नू
धनकुटा, १३ भदौ । धनकुटाको चौबिसे गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालय बन्द भएका कारण विद्यार्थीको पढ्न पाउँने अधिकार बाट बञ्चित भएको भन्दै विद्यालय बन्द नगर्न अनुरोध गरेको छ साथै विद्यालय शान्ति क्षेत्र भएकोले कसैको माग पुरा गर्नका लागि विद्यालय बन्द गर्नु उचित नभएको समेत जनाएको छ ।
विद्यालय बन्द तत्काल बन्द गरी पठन पाठन गराउन अनुरोध गरेको छ साथै प्रचलित शिक्षा ऐन र नियमावलीमा उल्लेख गरे भन्दा बाहेक विद्यालय बन्द गर्ने प्रध्यानाध्यापकलाई कानुम बमोजिम हुने भन्दै पालिकाका प्रमुख प्रशासकिय अधिकृतद्धरा हस्ताक्षरित विज्ञप्ती जारी गरेको छ । सामुदायिक विद्यालय कर्मचारी संर्घष समितीले विभिन्न माग राख्दै र शिक्षक संग सम्बन्धित विभिन्न संघ संगठनले समेत कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जनाए संगै पठन पाठन बन्द भएको छ ।
कर्मचारी संगठनले भदौ १२ गते बाट भदौ १८ गते सम्मका लागि विद्यालय बन्दको आन्दोलन गरिरहेको छ ।

पदाधिकारीको नेतृत्वमा उपत्यकाको पार्टी संरचना : अध्यक्ष दाहाल
काठमाडौँ, १३ भदौ (रासस) :
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा पार्टीको अवस्था सुदृढीकरण गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने बताउनुभएको छ । माओवादीको उपत्यका विशेष प्रदेश समितिको आयोजनामा आज आयोजित वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा उहाँले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा पार्टी विस्तार गर्न नयाँ अभियान सञ्चालन गरिने बताउनुभयो ।
“काठमाडौँ, भक्तपुर र ललितपुरमा हाम्रो स्थिति नाजुक छ, बागमती प्रदेशमा होइन, बागमतीमा माओवादी कम्युनिष्ट आन्दोलनको पहिलो शक्ति हो”, उहाँले भन्नुभयो, “उपत्यकाको सङ्गठनको संरचना र केही नीतिगत विषयमा नयाँ ढङ्गबाट नीतिगत र संरचनागतरूपमा नयाँ पार्टी बनाउनुपर्ने भएको छ ।” नीतिगत र संरचनागतरूपले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उहाँले गैरभौगोलिक प्रदेशका नेता तथा कार्यकर्तालाई उपत्यकामा पार्टी विस्तार अभियानमा संलग्न गराइने बताउनुभयो ।
उपत्यकामा केही कमजोर देखिए पनि बागमती प्रदेशमा माओवादीको उपस्थिति दरिलो रहेको जिकिर गर्दै उहाँले छिट्टै उपत्यकामा पनि माओवादी वामपन्थीतर्फ पहिलो शक्ति हुने दाबी गर्नुभयो । “पार्टीको शक्ति विकेन्द्रित हुँदा उपत्यकामा कमजोर देखिएको हो”, उहाँले भन्नुभयो, “विशेष प्रदेश, सम्पर्क प्रदेश समितिलाई उपत्यकामा केन्द्रित गर्नुपर्छ ।”
राजधानीमा सङ¬्गठन संरचना पार्टी केन्द्रले नेतृत्व गर्ने र सम्पूर्ण शक्ति केन्द्रित गर्ने नीति विश्वव्यापीरूपमा चलिआएको जनाउँदै उहाँले माओवादीले सम्पूर्ण शक्ति विकेन्द्रित गर्दा नतिजा आफ्नो पक्षमा नदेखिएको बताउनुभयो । “नीतिगत रूपमा राजधानीका हकमा विशेष ढङ्गले काम गर्ने सोचेका छौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “संरचनाको हिसाबले पनि विशेष, सम्पर्क समितिलाई राजधानीमा केन्द्रित गरिन्छ । पदाधिकारीको नेतृत्वमा नै उपत्यकामा पार्टीको संरचना बनाइन्छ ।”
उहाँले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नयाँ र जनताले रुचाएका व्यक्तिलाई उम्मेदवार बनाइने बताउनुभयो । पार्टी र जनताले सोच्दै नसोचेको व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, “नयाँ व्यक्तिलाई उम्मेदवार बनाउँदा जनता तथा नेता कार्यकर्ताले पनि माओवादीले राम्रो ग¥यो भन्ने ढङ््गबाट नसोचेका उम्मेदवारको सिफारिस गरिन्छ ।”
–––


