धनकुटामा यसरी देखियो तीजको रौनक

धनकुटा,१४ भदौ । आज हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालीका तीज निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गरी धनकुटामा समेत मनाई रहेको छ ।

धनकुटाका विभिन्न शिवालयहरुमा बिहानै देखि महिलाहरुले पुजाआजा गरी रहेका छन् । विभिन्न संघ संस्था, समुहहरुले समेत विभिन्न प्रतियोगिताका कार्यक्रमहरु चलाई रहेका छन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा महादेवको पूजा आराधना गरिन्छ । ब्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरू भएको पौराणिक मान्यता छ ।

यो पनि…
झोलुङ्गे पुल बन्दा स्थानीय उत्साहित
विराटनगर, १४ भदौँ (रासस) ःमोरङको जहादा गाउँपालिका ३ मा रहेको जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका छन् ।

प्रदेश सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सहयोगमा जुडीखोलामा झोलुङ्गे पुल निर्माण हँुदा स्थानीय उत्साहित भएका हुन । जहदा गाउँपालिकाको वडा नम्बर ३ चारैतिरवाट जुडीखोलाले घेरिएकाले पुल नहुँदा आवतजावत गर्न स्थानीयलाई समस्या हुने गरेको थियो । वडा अध्यक्ष अनिलकुमार ठाकुरले वर्षायाममा नजिकैको टोलमा पुग्न घण्टौ हिड्नुपर्ने समस्या अन्त भएको बताउनुभयो ।

“खोला तर्न नसक्नेले आधा किलोमिटर बाटोको दुरी कायम गर्न करिब पाँच किलोमिटर धुमेर पुग्नु पर्ने बाध्यता थियो”, वडा अध्यक्ष ठाकुरले भन्नुभयो, “झोलुङ्गे पुलले सहज बनायो । ”

साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयले झोलुङ्गे पुल बनेसँगै सहजआवतजावत गर्न बनेको छ । वडाकै ववनटोली र जयरामपुरको बीचमा पर्ने जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा उत्साहित भएको स्थानीय ७३ वर्षिय सरुपलाल मलाहले बताउनुभयो । झोलुङ्गे पुल बनेपछि आधा दर्जन वस्तीका करिब पाँचहजार व्यक्तिलाई आवतजावत गर्न सहज भएको उहाको भनाइ थियो । स्थानीय नारायण कामतले खोला तर्नुपर्ने समस्याबाट मुक्ति पाएको बताउनुभयो ।

कूल २५ मिटर झोलुङ्गे पुल ३६ लाख लागतमा निर्माण भएको अध्यक्ष ठाकुरले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएपछि दुवै बस्तीसँगै भारत विहारको सुनरीमण्ड सहित सिमावर्ती क्षेत्र डुमरिया, पोखरिया र लक्ष्मीनीयालगायतका वासिन्दालाई आवतजावत गर्न सहजभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖