इलाममा सुरक्षित आवासगृह नहुँदा समस्या

मङ्गलबारे, १५ भदौ । जिल्लामा सुरक्षित आवासगृह छैन । आभासगृह नहुँदा हिंसा तथा जोखिममा परेका महिला तथा बालबालिकालाई आपत्कालीन अवस्थामा राख्न समस्या भएको छ । देश सङ्घीयतामा जानु अगाडि महिला तथा बालबालिका कार्यालयले यसको व्यवस्थापन गर्ने गरेको भए पनि हाल सो कार्यालय नहुँदा समस्या भएको हो ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले सम्बन्धित स्थानीय तहले सोसम्बन्धी विषय हेर्नुपर्ने भए पनि इलाममा कुनै स्थानीय तहले महिला तथा बालबालिकालाई आपत्कालीन अवस्थामा राख्ने व्यवस्था नमिलाएको बताउनुभयो । उहाँले यस्ता महिला तथा बालबालिका फेला पर्दा राख्नलाई समस्या हुने गरेको बताउनुभयो ।

इलामका प्रहरी प्रमुख दिलीप घिमिरेले इलाममा अन्य सुविधा भए पनि महिला तथा बालबालिकालाई आपत्कालीन उद्धारमा समस्या हुने गरेको बताउनुभयो । उहाँले मान्छे राख्न प्रहरीको थाना तथा कारागार भए पनि उद्धार गरेर ल्याएकालाई थानामा राख्न नमिल्ने बताउनुभयो ।

सरकारी निकाय तथा स्थानीय तहले आपत्कालीन उद्धारका लागि यसको व्यवस्था गर्नुपर्ने सरोकारवालाको भनाइ छ । तर बालबालिकाको सहयोगका लागि जिल्लामा एक संस्थाले ‘बाल हेल्पलाइन’ भने सञ्चालन गरिरहेको छ । ‘बाल हेल्पलाइन’ मार्फत अस्थायी आवासगृह चलाए पनि त्यहाँ तीन जनाभन्दा बढी राख्न नसकिने घटना व्यवस्थापन अधिकृत गायत्री थेगिमले बताउनुभयो ।

उहाँले राखिएकालाई समेत एक महिनाभन्दा बढी राख्न नमिल्ने भएकाले महिलाभन्दा बालक पुनःस्थापना गर्न समस्या रहेको बताउनुभयो । हाल १६ वर्षको एक बालक कहाँ पुनःस्थापना गर्ने भन्ने समस्या भइरहेको उहाँले बताउनुभयो । हालसम्म परिवार पत्ता नलागेकाले समस्या भएको बताइएको छ । उद्धार गरेर ल्याएकालाई एक वर्ष नाघिसक्दा पनि अस्थायी आवासगृहमा नै राखिरहनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । उद्धार गरेर राखिएको बालकले घर कहिले उदयपुर त कहिले काठमाडौँ भन्ने गरेकाले पनि उद्धारमा समस्या भएको बताइएको छ ।

विभिन्न संस्थासँग समन्वय गर्दा पनि अहिलेसम्म बालकलाई आवासगृह नभएका कारण राख्न समस्या भएको छ । साथै परिवार पत्ता नलागेका कारण पुनर्मिलन गराउनसमेत नसकिएको बताइएको छ । बालक मधुमेहको बिरामी भए पनि बोल्न र सामान्य लेख्न कोसिस गर्ने भएको हुँदा पुनःस्थापना केन्द्र भए त्यहाँ लगेर सीप सिकाउन सकिने बताइएको छ ।

बाल हेल्पलाइनमार्फत महिला र बालिकाका लागि पुनःस्थापना केन्द्र भए पनि बालकका लागि पुनःस्थापना केन्द्र नहुँदा झनै समस्या भएको छ । आमासहितको बालक भए आमासँगै बस्न मिल्ने भए पनि बालक मात्र हुँदा समस्या हुने गरेको बताइएको छ ।

सोह्र दिनदेखि आठ महिनासम्मका बच्चाको उद्धार गर्नुपर्ने अवस्था अहिले पनि रहेका बताइएको छ । उनीहरूलाई कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो समस्या रहेको थेगिमले बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖