नेपाली कांग्रेस धनकुटाबाट थापा सिफारिस
धनकुटा,१६ भदौ । नेपाली कांग्रेस धनकुटाले प्रतिनिधि सभाको निर्वाचनका लागि धनकुटाबाट कांग्रेस केन्द्रिय सम्पादन समिति सदस्य तथा पुर्वमन्त्री सुनिल बहादुर थापालाई एकल सिफारिस गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति थापालाई सर्वसम्मत रूपमा एकल उम्मेद्वारमा सिफारिस गर्ने निर्णय गरेको हो ।
२०७० सालको दोस्रो संविधान सभामा धनुकटा क्षेत्र न २ बाट बिजयी भएका नेता थापा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने पराजित भएका थिए ।
यो पनि…
महामन्त्री शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस
झापा, १६ भदौ (रासस) ःनेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस हुनुभएको छ । उहाँ सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस हुनुभएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
आज सङ्घीय संसद्को उम्मेद्वार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । “झापा निर्वाचन क्षेत्र नं १ का लागि महामन्त्री शर्मा मात्र आकाङ्क्षी हुनुहुन्थ्यो, सबैले उहाँलाई समर्थन जनाउनुभयो”, उहाँले भन्नुभयो ।
मेचीनगर नगरपालिका–९ धुलाबारी निवासी शर्मा यसअघिका दुई निर्वाचनमा पनि सोही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेद्वार हुनुभएको थियो । यसैगरी नेपाली कांग्रेसले झापा–१ को ‘प्रदेश (क)का लागि बालाजित राई, तारावीर कटुवाल र गोपाल तामाङलाई प्रदेशसभा सदस्यमा उम्मेदवार सिफारिस गरेको छ । ‘प्रदेश (ख)का लागि लोकराज ढकाल, प्रेम सम्बाहाम्फे, लालबहादुर थेबे, देवेन्द्र गौतम र खड्ग पन्दाकको नाम प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।


