फोनिज धनकुटाले यस कारण बुझायो महासंघलाई ज्ञापन पत्र

धनकुटा,१६ भदौ । आदिबासी जनजाति पत्रकार महासंघ जिल्ला कार्यसमिति धनकुटाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको भन्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखा मार्फत नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिलाई ज्ञापन पत्र पठाएको छ ।

सत्य तथ्यका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ भएको भए पनि महासंघले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक मान्दै आएको प्रति आदिबासी जनजाति पत्रकार महासंघ जिल्ला कार्यसमिति धनकुटाले गम्भिर असहमति राख्दै नेपाल पत्रकार महासंघ धनकुटा मार्फत नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिलाई ज्ञापन पत्र पठाएको जिल्ला अध्यक्ष बिनु चेम्जोङ्गले बताउनु भयो ।

भट्टराईको योगदानलाई कदर गर्नु पर्ने भए पनि संस्थापकका रुपमा श्रेष्ठको अवमूल्यन र अपमान गर्न नहुने फोनिज धनकुटाका सचिव पूर्णकुमार चौधरीले बताउनु भयो ।

ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा फोनिजका केन्द्रिय सदस्य विदुर खवास, प्रदेश १ अध्यक्ष सन्तबीर लामा, पत्रकार महासंघ धनकुटाका सहसचिव इश्वर थापा लगायत अन्य पत्रकारहरुको उपस्थिती रहेको थियो ।

फोनिज धनकुटाले नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई मार्फत ज्ञापन पत्र बुझाएको फोनिज धनकुटाका सचिव चौधरीले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖