भोजपुरमा ८८ प्रतिशत रोपाइँ

टक्सार (भोजपुर), १७ भदौ । पूर्वीपहाडी जिल्ला भोजपुरमा ८८ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाको कूल खेतीयोग्य जमिन ६२ हजार दुई सय ९९ हेक्टर रहेको छ ।

कृषि विकास निर्देशनालय प्रदेश नम्बर १ विराटनगका अनुसार भोजपुरमा धान लगाउने क्षेत्रफल १८ हजार ९२ रहेको छ । जसमा १५ हजार नौ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । भोजपुरको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मूलपानीलगायत ठाउँलाई धानका लागि पकेट क्षेत्र मानिएको छ ।

प्रदेश १ मा भने हालसम्म करिब ८९ प्रतिशत धान रोपाइँ भएको छ । आठ लाख २६ हजार छ सय ४६ कूल खेतीयोग्य जमिन प्रदेश १ मा छ । धान लगाउने क्षेत्रफल तीन लाख ४० हजार आठ सय २९ मध्ये तीन लाख एक हजार चार सय १९ हेक्टर क्षेत्रफलमा अहिलेसम्म रोपाइँ भएको कृषि विकास निर्देशनालय प्रदेश नम्बर १ विराटनगले जनाएको छ । (रासस)

अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा
रामपुर (पाल्पा), १७ भदौ (रासस) :बिहीबारदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा भासिएको सडक मर्मतपश्चात् अहिले एकतर्फी रूपमा सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा बिहीबार दिउँसोदेखि सडकखण्ड अवरुद्ध बनेको हो । गए राति नयाँ डाइभर्सन निर्माणपश्चात् केही समय एकतर्फी चलेको सडक अविरल वर्षाका कारण पुनः अवरुद्ध भएको थियो । आज अपराह्नदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

हिउँदेखोला क्षेत्रमा करिब ४० मिटर जमिनसहित सडक भासिएर बिहीबारदेखि नै राजमार्ग ठप्प बनेको हो । पहिरो खसिरहेकाले यस क्षेत्रमा जोखिम बढेको छ । सडक खुल्न थालेपछि बीच बाटोमै रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । यही सडक भएर बुटवल, भैरहवा, पोखरा, गुल्मी, स्याङ्जा, पाल्पालगायत जिल्लामा सवारी साधन गुड्ने गर्दछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।