धनकुटाको सहिदभूमिबाट कांग्रेसले सुरु गर्यो पालिका स्तरिय `जनताका साथमा कांग्रेस अभियान´
धनकुटा । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस धनकुटाले जिल्लाको सहिदभूमी गाउपालिकाबाट पालिका स्तरीय `जनताका साथमा कांग्रेस अभियान´को शूरुवात गरेको छ ।
पार्टीका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री सुनिल वहादुर थापाले अभियानको प्रारम्भ गर्दै कांग्रेस जनता परिवर्तनको पक्षमा रहेको उल्लेख गर्दै यस पटक धनकुटामा कांग्रेसको जित सुनिश्चित भएको वताउनु भयो ।
जिल्ला सभापति दिनेश राईले अव विकास र समृद्धीको अभियानको नेतृत्व कांग्रेसले गर्ने वताउनु भयो । नेपाली कांग्रेस सहिदभूमी गाउपालिाका सभापति टंक राईको अध्यक्षतमा संचालन भएको कार्यक्रममा जिल्ला सचिव विजय सन्तोषी राईले कार्यक्रमको उदेश्य प्रकाश पार्दै अभियानको वारेमा जानकारी गराउनु भएको थियो । स्वागत मन्तव्य पूर्व महासमिति सदस्य शिव कुमार राईले राख्नु भएको थियो ।
कार्यक्रममा सहभागी नेताकार्यकर्ताले यो अभियान ज्यादै प्रभावकारी र उपयुक्त रहेको बताईका थिए । पार्टीका केन्द्रिय,जिल्ला स्तरका नेता तथा वडा सभापति सहितहरुको उपस्थितिमा भएके कार्यक्रमको सञ्चालन सचिव दिपिन राई गर्नु भएको थियो ।


