योजनाबद्ध रुपमा बनेको सहर नै डुबानमा

महादेव अवस्थी/दोधारा चाँदनी, १८ भदौ (रासस) ः तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ । बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ ।

राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार योजनाबद्ध रुपले महेन्द्रनगर बजार बसाल्नुभएको थियो । महेन्द्रनगरमा विपद्को बेला पनि सहज हुने हिसाबले गल्ली निर्माण गरिएका छन् तर पछिल्लो समय ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार नै डुबानमा पर्न थालेको हो । बिहीबार रातिको वर्षाले महेन्द्रनगरको मुख्य बजार डुबानमा परेको छ । यहाँको मदन चोक आसपासका पसल अगाडि जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन् ।

यहाँका व्यवसायी मदन चन्दले ढल निकास र खोलानाला अतिक्रमण गरेका कारण बजार डुबानमा पर्न थालेको बताउनुभयो । “अतिक्रमणले खोला नालामा साँघुरिँदै गएका छन् ढल निकास छैन”, उहाँले भन्नुभयो, “यो समस्या तत्काल समाधान नभए थप जटिलता आउँछ दुई वर्ष अगाडिसम्म महेन्द्रनगरमा डुबान हुँदैनथ्यो ।”

उहाँले पसल अगाडि डुबान हुँदा आफू धेरै समस्यामा परेको गुनासो गर्नुभयो । “पसल अगाडि पानी जमेर आउनजानै समस्या छ यस्तोमा के व्यवसाय हुन्छ”, उहाँले भन्नुभयो, “ढल निकासका लागि स्थानीय सरकारले पहल गरोस् ।” जुन हिसाबले महेन्द्रनगरको गुरुयोजना बनेको थियो त्यसको ठीकविपरीत यहाँ संरचना बन्न थालेपछि महेन्द्रनगर बजार डुबानमा पर्नुका साथै अव्यवस्थित हुँदै गएको स्थानीय इन्द्र साउदले बताउनुभयो । “ जुन गुरुयोजना बनाएर महेन्द्रनगर बजार बसाइएको थियो, त्यो गुरुयोजनाविपरीत घर निर्माण हुन थाले”, उहाँले भन्नुभयो, “खोलानाला अतिक्रमण भए, ढल निकास पुरेर घर निर्माण भएपछि डुबान त हुने नै भयो ।” उहाँका अनुसार कङ्क्रिटले पानी जमिनमुनि रिचार्ज हुन नपाएकाले पनि डुबानको समस्या आएको बताउनुभयो ।

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले पछिल्लो समय खोलानाला अतिक्रमण हुन थालेपछि बजार डुबानमा पर्न थालेको बताउनुभयो । उहाँका अनुसार अहिले एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोगमा महेन्द्रनगर बजारलाई आधुनिक सहर बनाइँदै छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणको काम सुरु भएको छ । “एडीको आनुधिक सहर बनाउने योजनाअनुसार निमार्णको काम अघि बढेको छ यसले पनि केही नाली पुरिएका छन्”, उहाँले भन्नुभयो, “सार्वजनिक जग्गा अतिक्रमण र निमार्ण सम्पन्न नहुनु पनि बजार डुबानमा पर्नुको कारण हो ।”

सहरी सडक निर्माण एडीबीको सहयोगमा ३६ दशमलव छ किलोमिटर नालीसहित पक्की सडक निर्माण हुने योजना छ । पहिलो चरणमा १३ दशमलव ८५ किलोमिटर सडक निर्माणको काम सुरु गरिएको छ ।

विसं २०१४ मा तत्कालिन राजा महेन्द्रले देश दर्शनको क्रममा पूर्वको झापा, ताप्लेजुङ, पश्चिमको दार्चुला हुँदै बैतडी पैदल भ्रमण गर्ने क्रममा बाटोमा भेटिने व्यक्तिलाई सोधपुछ गर्दा त्यहाँको नाजुक स्थिति, गरिबी, खान नपुग्ने कमाइ, खान जमिन पनि नभएको अवस्था थाहा पाएपछि त्यहाँका जनतालाई तराई झर्न आग्रह गर्नुभयो ।

विसं २०१८ देखि पहाडबाट तराई बसाई सर्न सुरु भएकोे यहाँका जानकार बलदेव अवस्थी बताउनुहुन्छ । उहाँका अनुसार त्यति बेला महेन्द्रननगर बजार गौचरन, खेत रजङ्गल रहेको थियो भने थारुको बस्ती पनि त्यो बेला यहाँ रहेको पाइन्छ । विसं २०१८ मा राजा महेन्द्रले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएको बताइन्छ । त्यति बेला भारतको चण्डीगडको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बनाएको बलदेव अवस्थीले बताउनुभयो । “यो नेपाल अधिराज्यकै प्लानिङ सहर हो, यो सहर गुरुयोजना बनाएर बनाएको हो”, उहाँले भन्नुभयो, “त्यो गुरुयोजनाअनुसार बजार विस्तार भएन जसले गर्दा आज डुबानको समस्या आयो ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।