नेपाल खेलकुद महासंघ जिल्ला कमिटी धनकुटाको दोस्रो जिल्ला भेला सम्पन्न
धनकुटा । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी धनकुटाको दोस्रो जिल्ला भेला आज सम्पन्न भएको छ ।
नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले आगामी संघ र प्रदेशको निर्वाचनमा एमाले पार्टीको बहुमतले विजयी गराउन अन्तर जिल्ला निर्वाचन परिचालन कमिटी बनाउने ,जिल्ला निर्वाचन परिचालन कमिटी बनाउने ,संगठन सुदृढीकरण , पालिका स्तरीय भेला प्रशिक्षण तिव्र ढंगले सञ्चालन गर्ने र ९ ओै राष्ट्रिय खेल प्रतियोगिताको जिल्ला छनौट अनुगमन तथा सहजीकरण गर्ने निर्णय गरेको महासंघका प्रदेश उपाध्यक्ष भोगेन्द्र थापाले बताउनुभयो ।
कार्यक्रमको विशेष अतिथि महासंघको प्रदेश ईन्चार्ज सन्तोष बान्तवा , नेकपा एमाले जिल्ला सचिव निरन राई, उप सचिव शिव आङला ,महासंघका प्रदेश अध्यक्ष राजकुमार थापा लगायत नेताहरूको उपस्थिति थियो ।
जिल्ला खेलकुद महासंघका अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वाग मन्तव्य उपाध्यक्ष कुमार घर्ती मगरले राख्नु भएको थियो । जिल्लाका सात वटै तहका महासंघमा आवाद्व खेलाडी तथा नेता कार्यकर्ताको उपस्थिति थियो ।



