तनाव व्यवस्थापन,सकारात्मक सोच, लागु औषध दुर्व्यसन तथा आ’त्मह’त्या न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटा नगरपालिका वडा नं २ भिरगाँउको टंक माध्यामिक बिद्यालयमा तनाव व्यवस्थापन,सकारात्मक सोच, लागु औषध दुर्व्यसन तथा आ’त्मह’त्या न्युनिकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक विकास तथा परिवर्तन केन्द्र नेपालको आयोजना, धनकुटा नगरपालिकाको सहयोग र जिल्ला प्रहरी कार्यालय धनकुटाको सहजिकरणमा अभिमुखीकरण सम्पन्न भएको हो ।

अभिमुखीकरणमा श्रीमान टंक माविका कक्षा ६ देखी १० सम्म बिद्यार्थी,अभिभावक र स्थानियवासी ३ सय ४० जनाले सहभागिता जनाएको विद्यालयका प्रधानाध्यापक नरबहादुर विश्कर्माले जानकारी दिनुभयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले तनाव व्यवस्थापन, सकारात्मक सोच, लागु औषध दुर्व्यसन तथा आत्माहत्या न्यूनिकरण सम्बन्धि अभिमुखीकरण दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक सरोज दाहालले गर्नुभएको थियो । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष चन्द्रलाल तामाङ सहित वडा सदस्य,विद्यालयका शिक्षकहरुको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।