धनकुटा कांग्रेसले प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस ग¥यो
धनकुटा । नेपाली कांग्रेस धनकुटा जिल्ला समितिले धनकुटा जिल्लाको लागि प्रतिनिधि सभा र दुवै प्रदेश सभा निर्वाचन क्षेत्रहरुका १ नं प्रदेश कार्य समिति विराटनगरमा र केन्द्रिय समिति काठमाण्डौमा उम्मेदवारी सिफारिस गरेको छ ।
धनकुटाको एक मात्र प्रतिनिधि सभाको लागि नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य तथा पूर्व मन्त्री सुनिल वहादुर थापालाई सिफारिस गरेको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
यसैगरी प्रतिनिधि सभाको समानुपातिकका उम्मेद्वारका लागि जिल्लाबाट नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई,पूर्व सभापति संविधान सभा सदस्य मनोहर नारयाण श्रेष्ठ,संविधान सभा सदस्य अञ्जना ताम्ली,पूर्व सभापति हरी कुमार राई,महासमिति सदस्यहरु आनन्द कुमार सन्तोषी राई,उदय लिम्बु, जिल्ला सदस्यहरु कमोठ कुमार फागाे,अम्विका परियार ,रामजी कोङरेन,चुडामणी धमलालाई सिफारिस गरेको छ ।
यसैगरी प्रदेश कार्य समिति सदस्य नविन किशोर शाक्य,संविधान सभा सदस्य लिला सुब्बा, महाधिवेशन प्रतिनिधि दुर्गा वहादुर सुवेदी र जिल्ला सदस्य तिर्थ राईलाई प्रदेश सभा निर्वाचन क्षेत्र नं. (क) का लागि प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ ।
प्रदेश सभाको समानुपालिक खुल्ला तर्फको उम्मेदवार जिल्ला सचिव विजय सन्तोषी राई,महाधिवेशन प्रतिनिधि प्रकाश थुलुङ्ग,जिल्ला सदसयहरु चन्द्र याक्खा,मनोज राई,क्षेत्रिय सदस्यहरु मोहन राई,धन वहादुर खड्का,पदम राई, पूर्व महासमिति सदस्य ललित चेम्जोङ,जिल्ला सदसयहरु रमेश ईवाहाङ्ग,मिन वहादुर कार्की,पूर्व जिल्ला कोषाध्यक्ष विकास प्रधान, पूर्व गाविस सभापति सुरेन्द्र चेम्जोङ, पूर्व जिल्ला सचिव रविन्द्र नेपाली , जिल्ला सदस्यहरु सन्तोष तामाङ,बुद्धीकान्त घिमिरेलाई सिफारिस गरेको छ ।
महिला समानुपातिक तर्फ महासमिति सदस्य सिता प्रधान,महाधिवेशन प्रतिनीधि गायन्त्री भण्डारी, प्रदेश महाधिवेशन प्रतिनीधि हिमा कुमारी चेम्जोङ,टिकादेवी भण्डारी,अम्विका राई,रेणु श्रेष्ठ,निरुपा राई,मुना पोख्रेललाई सिफारिस गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
नेपाली कांग्रेस धनकुटाले प्रदेश सभा क्षेत्र नं. (ख) का लागि प्रदेश सभाका क्षेत्रिय सभापति राजन पौडेल,जिल्ला उपसभापति निर्मल प्रसाद ओझा र जिल्ला सविच जयन्द्र घिसिङ्गलाई प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ ।
समानुपातिक तर्फ महासमिति सदस्य सुमना तिम्सिना,पूर्व जिल्ला उपसभापति घनेन्द्रराज श्रेष्ठ,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष श्रीमती अम्विका देवी धमला,पूर्व महासमिति सदस्य माधव भट्टराई,आमन्त्रित जिल्ला सदस्य कल्पना लिम्बु,क्षेत्रिय उपसभापति चन्द्र लिम्बु,पूर्व क्षेत्रिय सभापति गोविन्द्र थापा, क्षेत्रिय सदसयहरु भिष्म गुरुङ्ग,चिरञ्जिवि थापा,बल वहादुर खड्का, पूर्व क्षेत्रिय सचिव आशा पराजुली,नेपाल दलित संघ धनकुटका सचिव हरी दियाली र लक्ष्मी काफ्दे सिफारिस गरेको छ ।
यसैगरी नेपाली कांग्रेस धनकुटाले प्रदेश निर्वाचन क्षेत्रिय कार्य समिति क्षेत्र नं.(ख)ले वहुमतको आधारमा निर्णय गरी तीन जनाका मात्र प्रत्यक्ष तर्फ उम्मेदवारको नाम पठाए पछी पूर्व जिल्ला सभापति अग्नी प्रसाद पौडेल,१ नम्वर प्रदेश कार्य समितिका सदस्य मिन कुमारी तुम्बा,महाधिवेशन प्रतिनिधि खेमराज पौडेल र नेविसंघ धनकुटाका जिल्ला अध्यक्ष बालानन्द दाहालले सो क्षेत्रको लागी प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस गरी दिन मााग गरी निवेदन दिएकाेले उनिहरुको निवेदन नेपाली कांग्रेसको १ नं प्रदेश कार्य समिति विराटनगरमा सिफारिस गरी पठाएको सचिव राईले वताउनु भयो ।


