धनकुटामा मोटरसाइकल एक आपसमा जुझ्दा एक जना गम्भिर घाइते
धनकुटा,१९ भदौ । धनकुटामा मोटरसाइकल एक आपसमा जुझ्दा एक जना गम्भीर घाइते भएकी छिन् भने एक जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
धनकुटा नगरपालिका ७ तमोरभ्याली स्कुल नजिक बसपार्क चुलीवन भित्रीपक्की सडकखण्डमा बसपार्क बाट तमोरभ्याली स्कुल तर्फ जादै गरेको को५प ५६३५ नम्बरको मोटरसाइकल र विपरीत दिशा वाट आउदै गरेको को २९प२२२३ नम्बरको मोसा अपसमा ठक्कर खादा को २९प २२२३ नम्बरको मोटर साइकल एक आपसमा जुझ्दा धनकुटा जिल्लाको शहिदभुमी गाउँपालिका १ बस्ने बर्ष ३५को रोसन खडका सामान्य घाईते भएका छन् भने र पछाडि सवार धनकुटा नगरपाकिला ७ बस्ने बर्ष ३३ की दुर्गा भन्डारी गम्भिर घाईते भई जिल्ला अस्पताल धनकुटा पठाईएकोमा थप उपचारको लागि धरान घोपा पठाईएको छ ।
को ५प५६३५ नम्बरको मोसाइकल चालक धनकुटा धगरपालिका ८ बस्ने बर्ष १९ को जितेन राई र दुबै मोटरसाइकललाई जिल्ला प्रहरी कार्यलय नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय धनकुटाको संचार शाखाले जानकारी दिएको छ ।
सय दिनको अवधिमा आशा जगाउने काम सुरु गरेको छु : प्रमुख साह
काठमाडौँ, १९ भदौ (रासस) :
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताउनुभएको छ ।
महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिन पुगेको स्मरण गर्दै आज प्रमुख साहले आफ्नो विगत सय दिनको कार्यकाल कस्तो रह्यो भन्ने बारेमा आफैँले मूल्याङ्कन गर्नेभन्दा पनि आम मानिसले कसरी हेर्नु भयो भन्ने बढी अर्थपूर्ण हुने बताउनुभयो । अहिले सय दिनको दौडानमा रहे पनि आफूसँग पाँच वर्षका लागि योजना रहेको बताउँदै उहाँले अझै केही समय गाली र आलोचना मात्रै सहन तयार हेको भन्दै हतार गरेर महानगरका समस्याको दीगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको सुनाउनुभयो ।
अवैध संरचना हटाउने कामका कामपा निरन्तर लागिरहेको स्मरण गर्दै प्रमुख साहले भन्नुभयो, “जुन प्रयोजनका लागि उपयोग गर्ने निर्माण भएको छ त्यहीँ रुपमा प्रयोग हुनुपर्छ, हामीले चाहेको यति मात्रै हो, कुनै पनि सर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ, फुटपाथ हटाएको सन्र्दभ वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पथ्र्यो, त्यहीँ ग¥यौँ, फुटपाथको आधारभूत निर्माण नै पैदलयात्रीका लागि हो, सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ, महानगरले पहिले फुटपाथका व्यापारीलाई अन्यत्र राखेर खुल्ला गर्ने कोसिस गरेको थियो, जुन पूर्णरुपमा असफल भयो ।”
फुटपाथ हटाएको प्रभाव बानेश्वर तथा असनलगायत क्षेत्रमा सकारात्मक रुपमा देखिन थालेको उहाँको भनाइ छ । ई–स्पोर्टसका लागि लागि रु एक करोड बजेट छुट्याइएको उहाँले बताउनुभयो ।
यमबुद्धको सालिक बनाउने सन्दर्भमा उल्लेख गर्दै उहाँले भन्नुभयो, “समाजको एउटा पुस्ताको ठूलो सङ्ख्याले आफ्नो भविष्य र कलामा खोजी रहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउने विषय पनि सकारात्मक रहेको छ ।” मान्छे एउटै जीवनभित्र फरक फरक भूमिकामा हुने भन्दै उहाँले आफू सार्वजनिक व्यक्तित्व भएका कारणले समाजमा आफ्ना कार्यले पार्नसक्ने प्रभावका बारेमा भने सजग रहेको पनि बताउनुभयो ।
फोहर व्यवस्थापनको सवालमा आशा गरे जति काम हुन नसके पनि झण्डै दुई दशकदेखि कुहिएर रहेको समस्यालाई सतहमा ल्याउन सफल भएको भन्दै प्रमुख सहाले त्यसबाट वास्तविक समस्याको पहिचान गरी दीगो समाधानका उपाय खोज्न सकिने बताउनुभयो ।
–––


