नेकपा एमाले धनकुटाको प्रदेश निर्वाचन क्षेत्र नं “क” बाट प्रत्यक्ष तर्फ एक महिला सहित ८ जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस
धनकुटा,भदौ १९ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले धनकुटाको प्रदेश निर्वाच क्षेत्र नं “क” बाट प्रत्यक्ष तर्फ ८ जना उम्मेदवार नाम सर्वसम्मत सिफारिस गरिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी धनकुटा “क” को आज बसेको पूर्ण बैठकले प्रत्यक्ष तर्फ एक महिला सहित ८ जना उम्मेदवार नाम सर्वसम्मत सिफारिस गरेको प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी धनकुटा “क” का संयोजक निरन तामाङले जानकारी दिनु भयो ।
नाम सिफरिस गरिएकाहरुमा पार्टीका प्रदेश उपाध्यक्ष तथा संविधानसभा सदस्य टिका राम चेम्जोङ, प्रदेश सांसद तथा जिल्ला सचिव निरन राई, प्रदेश सांसद बिनादेवि राई, पार्टीका सचिवालय सदस्य उमेश घिमिरे, खजिन्द्र राई ,सोभिष चेम्जोङ, मनोज रायमाझी र राजेन्द्र खड्का रहेका छन् ।
यो पनि…
नेकपा एमाले धनकुटाको प्रदेश निर्वाचन क्षेत्र नं “‘ख” बाट प्रत्यक्ष तर्फ एक महिला सहित ५ जना उम्मेदवारको नाम सिफारिस
धनकुटा,भदौ १९ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले धनकुटाको प्रदेश निर्वाच क्षेत्र नं “‘ख” बाट प्रत्यक्ष तर्फ एक महिला सहित ५ जना जना उम्मेदवारको नाम सिफारिस भएको छ ।
प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी धनकुटा “ख “ को आज बसेको पूर्ण बैठकले आगामी मंसिर ४ गते का लागि तोकिएको आसन्न प्रदेश सभा निर्वाचनका लागि सर्वसम्मत प्रत्यक्ष तर्फ एक महिला सहित ५ जना उम्मेदवारको नाम सिफारिस गरिएको प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी धनकुटाका “ख” का संयोजक भिम राईले जानकारी दिनु भयो ।
सर्वसम्मत सिफारिस भएका प्रत्यक्ष उम्मेदवारहरुमा पार्टीका जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश सांसद ईन्द्रमणी पराजुली, पार्टीका सचिवलय सदस्य गोपाल भट्राई, प्रदेश कमिटी सदस्य टंक चौहान,सचिवालय सदस्य तथा महालक्ष्मी नगरपालिकाका पूर्व मेयर पर्शुराम नेपाल र पार्टीका प्रदेश कमिटी सदस्य तथा हाल प्रदेश सांसद हिमा देवी बस्नेत रहेका छन् ।


