पाख्रिबास नगरको थप बिकासबारे सरोकारवाला संग अन्तरकृया
धनकुटा । धनकुटाको पाख्रीवास नगरको कृषि र पर्यटनको थप विकास कसरी गर्न सकिन्छ ? किसानहरुलाई कसरी कृषिमै आत्मानिर्भर गराई आर्थिक लाभ लिन सकिन्छ भन्ने लगायतकोबारे आज सरोबारवाला वीच अन्तरक्रिया गरिएको छ ।
पाख्रीवास नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, कृषक, कृषि अनुसन्धान केन्द्र पाख्रीवासका पदाधिकारी कृषि विज्ञ विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारी वीच अन्तरक्रिया भएको हो ।
पाख्रीवास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य तथा पूर्वमन्त्री सुनिल बहादुर थापाको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष तथा व्यवसायी अरुण सुमार्गीले नगरमा कृषी र पर्यटनको सम्भाव्यताको अध्ययन गरि अघि बढ्न सुझाव दिनुभएको छ ।
उहाँले कृषीलाई प्रविधिमैत्री,गुणस्तरिय र आधुनिकीकरण गर्दै लान आवश्यक रहेको उल्लेख गर्नुभयो । कृषकहरुले अहिले पनि परम्परागत तरिकाले नै कृषि पेशामा काम गरिरहँदा लागत खर्च त्रढी लाग्ने र उत्पादन कम हुने समस्या रहेको उहाँले बताउनु भयो ।
उहाँले कृषिलाई प्रविधिसँग जोड्न हाल यो क्षेत्रमा रहेका समस्या समाधान नगर सहित अन्य सरोकारवाला निकायहरुले समन्वयात्मक भूमीका निर्वाह गर्न सुझाव दिनुभएको छ । उहाँले समस्या समाधान गर्दै उत्पादित सामाग्रीहरुका लागि बजारिकरण गर्न आफुले पनि महासंघको तर्फकाट आवश्यक सबै सहयोग गर्ने उहाँले बताउनुभएको छ ।
त्यस्तैगरी पर्यटनको क्षेत्रमा एग्रोटुरिजम होम स्टे लगायतको बारेमा पनि अध्ययन गरि अघि बढ्न सुझाव दिनुभएको छ । त्यसका लागि महासंघले आवश्यक कनेक्टिभिटीको काम गर्ने उहाँले बताउनु भएको छ ।
अन्तरक्रियालाई पूर्वमन्त्री थापा र नगर प्रमुख गुरुङले सम्बोधन गर्नुभएको थियो । अन्तरक्रियामा नगरका वडा नं ४ का वडाध्यक्ष सन्तोष मानन्धर, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई,नगर सभापति प्रेम भण्डारी,उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई सहित कृषी अनुन्धान केन्द्र पाख्रीवासका प्रमुख,मकवानपुर, बाराका उद्योगवाणिज्य संघका अध्यक्ष कृषकहरुको उपस्थिती थियो ।




