कांग्रेसलाई जिताउन एकजुट भई लाग्न कार्यकर्ताहरुलाई आग्रह
धनकुटा । आसन्न प्रतिनीधि र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन एकजुट भई लाग्न कांग्रेस नेताहरुले कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
निर्वाचन लक्षित पार्टीको “जनताको साथमा कांग्रेस” अभियान अन्तरगत आज धनकुटाको छथर जोरपाटी गाउँपालिकामा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै उनिहरुले त्यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय कार्य सम्पादन समिति सदस्य एवम् पूर्व मन्त्री सुनिल वहादुर थापाले जिल्लाको विकास र समृद्धीका लागि प्रतिनीधि र प्रदेश सभा निर्वाचनमा कांग्रेसले जित्न आवश्यक रहेको बताउनुभयो ।
वर्तमान अवस्थामा गठबन्धन देशको आवश्यक्ता भएकोले गठबन्धनमा सम्वद्ध अन्य दलका साथिहरुसँग समेत सिट बाँडफाट, उम्मेद्धार सिफारिस लगायतका आवश्यक विषयहरुमा मिलिजुली अधि बढ्नुपर्ने बताउनुभयो । फरक प्रसंगमा उहाँले आफु आफ्ना बुबाकाे राजनीतिक र सामाजिक विराशतलाई कायम राख्न कांग्रसमा आएको स्पष्ट पार्नुभयो ।
लोकतान्त्रिक शक्ती जहिल्यैपनि अब्बल नभए लोकतन्त्र बलियो हुन सक्दैन भन्ने आफ्नो बुबाको मान्यतालाई आत्मासात गर्दै आफुले यस्तो निर्णय गरेको उल्लेख गर्नुभयो । उहाँले अबको ५ वर्षमा धनकुटा जिल्ला भरी कांग्रेसका चारतारे झण्डा फहराउने आफ्नो ध्येय रहेको उल्लेख गर्नुभयो ।
त्यस्तैगरी जिल्ला सभापति दिनेश रईले पार्टीको विधान र निर्देशन अनुसार काम गर्दै आगामी निर्वचनमा कांग्रेस उम्मेद्धारहरुको जितका लागि एक भएर लाग्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस प्रदेश सभा (ख) क्षेत्रिय कार्य समितिका सभापति राजन पौडेलको सभपतित्वमा भएको कार्यक्रममा सचिवद्धय विजय सन्तोषी राई र जयन्द्र घिसिङले अभियानको बारेमा जानकारी गराएका थिए । महा समिती सदस्य अानन्द सन्ताेषी राई जिल्ला सहसचिव गिरिजा प्रसाद दाहाल,वरिष्ठ नेता कमोठ फागाे,नेतृ टीका भण्डारी लगायतले याे अभियानले नयाँ उत्साह थपेकाे बताएका थिए ।
नेपाली कांग्रेस प्रदेशसभा (ख) क्षेत्रिय कार्य समितिको आयोजना तथा छथरजोरपाटी गाउँकार्य समितिको संयोजनमा भएको कार्यक्रममा छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा, कांग्रेस जिल्ला उप-सभापति अमित ल्हो तामाङ सहित,भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, पालिका स्तरका नेता,वडाका सभापतिहरु र कार्यकर्ताहरुको व्यापक उपस्थिती थियो ।
कार्यक्रममा पार्टीका छथरजाेरपाटी गाउँ कार्य समिती सभापति छत्र सुब्बाले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । सञ्चालन प्रदेशसभा (ख) क्षेत्रिय कार्य समितिका सचिव दिलराज घिसिङले गर्नुभएको थियो ।


