नेकपा(एस) पाख्रीबास नगर कमिटी अध्यक्ष निरौला सहित धनकुटामा एकीकृत समाजवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश

धनकुटा, २० भदौ । नेकपा एकीकृत समाजबादी पार्टीका प्रदेश नम्बर १ का प्रदेश सदस्य सुरेन्द्र पौडेल , पाख्रिबास नगर कमिटीका अध्यक्ष सोबित निरौला सहित अन्य नेता कार्यकर्ता पुन नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

धनकुटामा आज भएको एक कार्यक्रमका बिच उहाँहरु लाई नेकपा एमालेका केन्द्रिय सदस्य एवम् संसद राजेन्द्र कुमार राईले पाटी प्रवेश गराउनु भएको हो । निरौला सहितका नेताहरुले हिजो विज्ञप्ती जारी गर्दै नेकपा एकीकृत समाजबादी पार्टी परित्याग गरेको घोषणा गर्नु भएको थियो ।


तस्बीर :नेकपा एमाले धनकुटाको फेसबुक

समयमा पुल नबाउने ठेकेदारलाई कालोसूचीमा राख्न पत्राचार
भोजपुर, २० भदौ (रासस) :भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवाघाटको पुलको डिजाइनमा त्रुटि रहेको पाइएको छ । अरुण नदीको यो घाटको कूल लम्बाइ दुई सय ३४ मिटर भए पनि यहाँ बन्न लागेको पुल भने एक सय ७२ मिटर मात्र रहेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । त्यो पुल २०६७ सालबाट निर्माण थालिएको हो ।

यहाँ सुरुमा एक सय ६० मिटर लामो पुल बनाउने सम्झौता गरिएको थियो । पछि १२ मिटर बढाएर एक सय ७२ मिटरको निर्माण गर्ने गरी काम थालिएको हो । पुल निर्माण बाह्र वर्षसम्म पनि पूरा नहुँदा केही समयअघि ठेक्का प्रक्रिया रद्द गरिएको छ । पुल निर्माणमा रु तीन करोड ८५ लाख खर्च भइसकेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।

स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा पुल निर्माण सुरु गरेको थियो । सम्झौताअनुसार पुल २०७० सालमा सक्नुपर्ने थियो । समयमा पुल नबेपछि निर्माणमा ढिलाइ भएको विषयमा जानकारी माग्दा निर्माण कम्पनीले काम गर्न नसक्ने लिखित जवाफ दिएपछि ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद शाहले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार अरुण नदीको यो लम्सुवाघाटको जम्मा लम्बाइ दुई सय ३४ मिटर छ । पुल डिजाइनमा त्रुटि भएको विषयमा सडक डिभिजन प्रमुख शाहसँग प्रश्न गर्दा पुल निर्माणमा ढिलाइ भएका कारण नदीले क्षेत्र विस्तार गरेको बताउनुभयो ।

अब अर्को बोलपत्र आह्वान गर्दा नयाँ डिजाइन गरेर नदीको लम्बाइअनुसारको पुल बनाउनसक्ने विकल्प पनि रहेको शाहको भनाइ छ । उहाँले भन्नुभयो, “यो घाटको जम्मा लम्बाइ दुई सय ३४ मिटर छ, सम्झौतामा भएको लम्बाइ एक सय ७२ मिटर हो, यदि ठेकेदारले समयमा काम गरेको भए अर्को पुल बनाउन सकिन्थ्यो, अब यहाँ पुल बन्दा नयाँ डिजाइन गरेर काम गर्न सकिन्छ ।”

पुल निर्माणका क्रममा जग खन्ने ठाउँमा ठुलो चट्टान भेटिएको भन्दै कम्पनीले काम अघि बढाउन नसेकेको बताउँदै आएको थियो । ठेक्का रद्द गरेर अहिले कम्पनीको धरौटीबापतको रु ७७ लाख रकम रोकेर कालो सूचीमा राख्नका लागि पत्र पठाइएको प्रमुख शाहको भनाइ छ ।

धरौटी नरोक्न साथै आफ्नो कम्पनीलाई कालोसूचीमा नहाल्न भन्दै कम्पनीले पाटन अदालतमा मुद्दा हालेको प्रमुख शाहले बताउनुभयो । मुद्दा परेपछि काम नगर्न अदालतले अन्तरिम आदेश दिएकाले थप प्रक्रिया अघि बढ्न नसकेको शाहले जानकारी दिनुभयो ।

“हामीले बैंकमा रहेको धरौटीबापतको रकम रोक्का गरेर कालोसूचीमा हाल्ने प्रक्रिया थालेका छौँ”, प्रमुख शाहले भन्नुभयो, “अहिले कम्पनीले धरौटी नरोक्न साथै कालोसूचीमा नहाल्न भन्दै मुद्दा हालेको छ, मुद्दा विचराधीन रहेकाले हामीले अन्य थप कामलाई अघि बढाउन सकेका छैनाँै ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।