उम्मेद्धार छनौटको विषयमा अनर्गल प्रचार गरिएको भन्दै कांग्रेस प्रदेश सभा (ख) क्षेत्रिय कार्य समिति धनकुटाको ध्यानाकर्षण

धनकुटा । उम्मेद्धार छनौटको विषयमा विज्ञप्ति जारी गर्दै अनर्गल
प्रचार गरिएको भन्दै नेपाली कांग्रेस प्रदेश सभा (ख) क्षेत्रिय कार्य समिति धनकुटाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

समितिले आज एक प्रेश विज्ञप्ति निकाल्दै सो विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

प्रदेश सभा (ख) क्षेत्रिय कार्य समिति सभापति राजन पौडेल र सचिव दिलराज घिसिङद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “नेपाली कांग्रेस प्रदेश सभा (ख) क्षेत्रिय कार्य समिति धनकुटाले पार्टीको विधान र केन्द्रको निर्देशन अनुसार निर्णय गरि सिफारिस गरिएका उम्मेद्धारहरु प्रति अर्नगल रुपमा विज्ञप्ति प्रकाशन गरेकोमा हाम्रा ध्यानाकर्षण भएको छ ।

केन्द्रको परिपत्र अनुसार महाधिवेशन प्रतिनीधि र क्षेत्रिय कार्य समितिको बैठक बसेर प्रत्यक्ष र समानुपातिक तर्फ पार्टीको विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिम गोग्यता पुगेका र प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका उम्मेद्धारहरुको केन्द्रिय समिति, प्रदेश नं १ समिति र जिल्ला समितिमा सिफारिस गर्ने बहुमतले निर्णय गरेको र सोही अनुसार पठाईएकोमा छुटेका नेताहरुले आफु नपरेको भनि माथिल्लो निकायमा निवेदन दिने अधिकार हुँदा हुँदै प्रेस विज्ञप्ति जारी गरेकोमा हामीलाई दु:ख लागेको छ” विज्ञप्तिमा भनिएको छ ।

यसरी गलत र भ्रमपूर्ण ढंगबाट अगाडि बढ्न खोज्नु समग्र नेता कार्यकर्ताको भावनामा पुग्ने कार्य गर्नु हो’ भन्दै क्षेत्रिय कार्य समितिले पार्टीको नीति नियम र निर्णयलाई नलत्याउन सम्वद्ध सबै नेताहरुलाई सचेत गराएको छ ।

साथै एकतावद्ध र प्रतिवद्ध भएर पार्टीको निर्णय मान्र्दै जनताको साथमा कांग्रेस अभियानलाई वडा र टोल तहमा सफलतापूर्वक अघि बढाउन विज्ञप्ति मार्फत अपिल गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।