पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेललाई उत्कृष्ट निजामती सेवा पुरस्कार

धनकुटा,२२ भदौ । धनकुटाको पाख्रीबास नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत प्रकाश राज पौडेल यस बर्षको उत्कृष्ट निजामतीमा छनौट हुनु भएको छ ।

मन्त्री परिषदको निर्णय अनुसार उहाँ सहित पदम कुमार श्रेष्ठ, दीपक प्रसाद खतिवडा, हरि प्रसाद ज्ञवाली, मुना शर्मा, शोभाखर रेग्मी, सन्तोष पौडेल, सचिन्द्र कुमार यादव, रुकु शर्मा पौडेल र महंगु लोध गरी १० जना उत्कृष्टको सुचीमा पर्नु भएको हो ।

साथै निजामती पुरस्कार ३० जनालाई प्रदान गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।सम्मानका लागि यस वर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारीको छनोट गर्न भने सकेन ।

यो पनि…
अधिकार कार्यान्वयन नभएकोमा चिन्तित
सिन्धुपाल्चोक, २२ भदौ (रासस) :सिन्धुपाल्चोक, २२ भदौ (रासस): मानिसको व्यस्त जीवनशैलीले परिवारका ज्येष्ठ नागरिकको उचित व्यवस्थापन हुन नसक्दा समाजमा एक्लो हुनुका साथै अधिकारबाट समेत बञ्चित हुन पुगेका छन् ।

नेपालमा ज्येष्ठ नागरिकको अधिकार र कल्याणका लागि कानुनीरूपमा थुप्रै व्यवस्था गरिएका छन् । नेपालको संविधानको मौलिक हकको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी स्पष्ट उल्लेख गरिएको छ । तर, राज्यले बनाएका नियम कार्यान्वय नभएकोप्रति मेलम्ची–१० का ज्येष्ठ नागरिक टोमशङ्खर दुलाल चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँले कानुन बनाएर मात्र नहुने भन्दै कार्यान्वयनमा जोड दिनुहुन्छ ।

ज्येष्ठ नागरिकसम्वन्धी ऐनमा ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने, ज्येष्ठ नागरिकलाई परिवारले पालनपोषण गर्नुपर्ने, पालनपोषण नगरे उजुरी गर्न सक्ने र पालनपोषण नगर्नेलाई कारवाही हुने, आफ्नो सम्पत्ति आफूखुसी गर्न पाउने, नागरिकलाई भिक्षा माग्न लगाउन नहुने, सार्वजनिक सेवामा ज्येष्ठ नागरिकलाई छुट दिनेजस्ता प्रावधान छन् । तर, व्यवहारमा भने लागू नभएको मेलम्ची–१२ का मोहन ढकाल बताउनुहुन्छ ।

उहाँ ज्येष्ठ नागरिकका लागि भवन, भजनर्कीतन गर्ने ठाउँको व्यवस्था गरिदिनुपर्ने बताउनुहुन्छ । हेलम्बुका गीता तामाङ घरपरिवारमा ज्येष्ठ नागरिकलाई धेरै हेला हुने गरेको भन्दै हेलागर्नेलाई कडा कानुन बनाएर कारवाही हुनुपर्ने बताउनुहुन्छ ।

मेलम्ची नगरपालिकाले ज्येष्ठ नागरिकका लागि सहजरूपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, स्वास्थ्यमा सुविधा दिने, ज्येष्ठ नागरिकको जीवनलाई सुरक्षित र सम्मानित बनाउन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरिरहेको छ । ज्येष्ठ नागरिक सञ्जालनै बनाएर नीति र कार्ययोजना निर्माण गर्नेजस्ता काम गरेको छ । अघिल्लो सरकारको कामलाई निरन्तरता दिँदै आगामी दिनमा अझै प्रभावकारी काम गर्ने मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान बताउनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।