निजामती सेवा दिवस धनकुटामा समेत मनाइयो

धनकुटा,२२ भदौ । १९ औं निजामती सेवा दिवस धनकुटामा समेत मनाईएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन स् विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस मनाइएको हो ।

जिल्ला समन्वय समिती धनकुटाको सभाहलमा भएको कार्यक्रमा उच्च अदालतका धनकुटाका मुख्य न्यायाधीश रमेशकुमार खत्रीको प्रमुख आतिथ्तामा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा न्यायाधिसहरु अन्जु उप्रेती ढकाल, न्यायाधीश फूर्वा तामाङ, न्यायाधीश योगेन्द्रप्रसाद साह, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु, आधिकारिक ट्रेड युनियनका प्रमुख तथा प्रतिनिधी , धनकुटा जिल्ला स्थित सरकारी कार्यालयका निजामती कर्मचारीहरुको सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय, धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी हरिगोपाल कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन जिल्ला समन्वय समितिका धनकुटाका समन्वय अधिकारी सफल पोर्तेलले गर्नु भएको थियो ।

निजामती सेवा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताहरुमा विजेता प्रतियोगीहरुलाई पुरस्कार समेत वितरण गरेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।