कांग्रेस परिवर्तनको सम्वाहक
धनकुटा । निर्वाचन लक्षित जनताको साथमा कांग्रेस अभियान अन्र्तगत नेपाली कांग्रेसले आज धनकुटा नगरपालिका वडा नं ४ मा कार्यक्रम सम्पन्न गरेको छ ।
यो अभियान मार्फत नेपाली कांग्रेस मतदातासम्म पुग्न महत्वपूर्ण भुमिका खेलेको नेताहरुले बताएका छन् । यो अभियानले जिल्लाका नेता कार्यकर्तामा नयाँ उत्साह र उर्जा थपेको पार्टीका जिल्ला सचिव धनकुटा नगर संयोजक विजय सन्तोषी राईले वताउनु भएको छ ।
उहाँले यस पटक प्रदेश र संघमा धनकुटामा कांग्रेस सहितको गठबन्धनले जित्ने दावी समेत गर्नुभयो ।
पार्टीका ४ नं वडा सभापति गोविन्द्र प्रसाद मैनालीको अध्यक्षतमा सम्पन्न कार्यक्रमा प्रदेश सभा क्षेत्रिय कार्य समिति (क) का सदस्य गोविन्द्र श्रेष्ठ,नगर कार्य समितिका सदस्य तथा वडा संयोजक कृष्णमाया श्रेष्ठ,क्षेत्रिय प्रतिनिधि महेश श्रेष्ठ,रणमाया श्रेष्ठ,दुर्गा विक,बुद्ध राई,गोविन्द्र राई,टंक श्रेष्ठ ,कार्यपालिका सदस्य भोगेन्द्र राई,मेयरमान गजमेर लगायतले कांग्रेस परिवर्तनको सम्वाहक भएको वताएका छन् ।
कार्यक्रमको संचालन वडा सचिव थिर वहादुर थापाले गर्नु भएको थियो । नेपाली धनकुटाले धनकुटा नगरको सम्पूर्ण वडा तथा टोल टोल सम्म यो अभियान संचालन गरिरहेको छ ।


