नेकपा एमाले धनकुटाद्वारा संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस,को-को परे ?
धनकुटा । नेकपा एमाले धनकुटाले आगामी मंसिर ४ संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटीको बैठकबाट संघिय प्रतिनिधि सभाका लागी प्रत्यक्षतर्फ एकल राजेन्द्र कुमार राई को नाम सर्वसम्मत सिफारिस गरेको छ ।
त्यस्तै प्रतिनिधि सभा समानुपातिक तर्फ सकुन्तला बस्नेत , बिनादेवि राई ,हिमा बस्नेत , गोपाल भट्टराई गरि ४ जनाको नाम सिफारीस गरेको छ ।
प्रदेशसभा तर्फ क निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ टिकाराम चेम्जोङ र निरन राईको नाम सिफारिस गरिएको छ । यस्तै क बाट समानुपातिक तर्फ मनकुमारी तितुङ तामाङ ,नैन बहादुर विस्वकर्मा ,यज्ञ कुमारी रुचाल , देवमान राई र गणेश कुमा राई गरि ५ जनाको नाम सिफारिस गरिएको छ ।
यता प्रदेश निर्वाचन क्षेत्र ख तर्फ प्रत्यक्षतर्फ एकल ईन्द्रमणी पराजुलीको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।
यस्तै निर्वाचन क्षेत्र नं ख को समानुपातिक तर्फ शिव बहादुर लिम्बू र धुममाया राईको नाम सिफारिस भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख सावित्रा राईले जानकारी दिनु भयो ।


