नेकपा माओवादी केन्द्र धनकुटाले प्रतक्ष्य तर्फ भण्डारी र समानुपातिक तर्फ गायक शम्भु राई सहित तीन जनालाई गर्यो सिफारिस
धनकुटा,२३ भदौ । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि धनकुटाबाट नेकपा माओवादी केन्द्रले समेत प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्धवार सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्र धनकुटाले प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ हेमराज भण्डारीलाई सर्वसम्मत सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्र धनकुटाले धनकुटा सदरमुकाममा आज पत्रकार संमेलन गर्दै उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।
माओवादीले समानुपातिक तर्फ गायक शम्भु राई सहित तिलकप्रसाद राई र प्रेम दालाहाङ्गलाई सिफारिस गरेको छ । त्यस्तै केन्द्रले प्रदेश क को प्रत्यक्ष तर्फ भुमिराज देवान,भरतसिंह राई, सोनाम लामा र इन्द्र खत्रीको नाम सिफारिस गरेको छ ।
त्यस्तै प्रदेश ख प्रत्यक्ष तर्फ नगेन्द्र गहतराज,कुशुम कुमारी श्रेष्ठ,दुर्गा कुँवर र मुक्ती बजगाई सिफारिसमा परेका छन । त्यस्तै प्रदेश क समानुपातीक तर्फ ऋषिराम ढुंगाना , डिल्लीराम राई,स्मीता निरौला, हेमचन्द्र किराँती,विष्णुमाया कन्दङवालाई सिफारीस गरेको छ । त्यस्तै प्रदेश ख समानुपातिक तर्फ विष्णु पारघरी, युगल राई, सरिता बराईली, दिपक आले मगर र चिरन्जीवी राईलाई सिफारिस गरेको हो ।

यो पनि…
भारती माबिद्वारा ५६ औ साक्षरता दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना
धनकुटा,२३ भदौ ।धनकुटाको पाख्रीबास नगरपालिका वडा १० अवस्थित भारती माध्यमिक बिद्यालयले ५६ औ साक्षरता दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
शिक्षासंग सम्बन्धित विभिन्न नाराहरू लेखिएका प्लेकार्ड साहित बिद्यालयका कक्षा १ देखि १२ सम्मका बिद्यार्थिहरूले नारासहित बिद्यालयबाट मन्सिन्चौतारा हुँदै तिम्सिना चोक सम्म र्याली सहित घुमेर पुन: बिद्यालयमा आइ विभिन्न कार्यक्रममा सहभागी भएका छ्न ।
कक्षा १ देखि ३ नेपाली शब्द लेखन,४ देखि ५ अङ्ग्रेजी शब्द लेखन र कक्षा ६ देखि १२ का लागि नृत्य प्रतियोगिता सन्चालन भएको कुरा बिद्यालयका शिक्षक अनिल तिम्सिनाले जानकारी दिए ।
कार्यक्रम बिद्यालयका प्रअ हरि प्रसाद पौडेलको अध्यक्षतामा भएको थियो ।


