खोटाङमा उत्कृष्ट अंक ल्याएर एसइई उत्तिर्ण गर्ने छात्र-छात्रा पुरस्कृत

खोटाङ, २४ भदौ । खोटाङको केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र–छात्रालाई एक÷एक लाख पुरस्कार प्रदान गरेको छ । २०७८ सालमा सञ्चालित एसइई परीक्षामा सबैभन्दा बढी अंक ल्याएर उत्तीर्ण हुने थर्पुडाँडा माबि सप्तेश्वरका छात्र रेडस्टार राई र पृथ्बी मावि बाक्सिलाकी छात्रा यूनिसा राईलाई जनही एक लाख पुरस्कार प्रदान गरिएको हो ।

उत्कृष्ट छात्ररछात्रालाई ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बिहीबार गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले नगद पुरस्कारका साथमा सम्मान–पत्र हस्तान्तरण गरेका छन् । रेडस्टारले २।९० जीपीए र यूनिसाले २।८५ जिपीए अंक सहित एसइई उत्तिर्ण गरेका थिए । छात्ररछात्राको अनुपस्थितिमा उनीहरुका अभिभावकलाई पुरस्कार हस्तान्तरण गरिएको छ । गाउँपालिकाभित्रका सामुदायीक विद्यालयमध्येबाट उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुने एक छात्रा र एक छात्रालाई नगद एक लाख पुरस्कार दिने नीति तथा कार्यक्रम अनुसार पुरस्कार प्रदान गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

केपिलासगढी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि गाउँपालिकाका दुई विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रबृत्ति प्रदान गर्ने तयारी गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार १८ महिने प्राविधिक शिक्षाको कोर्षका लागि छात्रबृत्ति प्रदान गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । आवेदन आव्हान गर्ने र दुई विद्यार्थीलाई छनौट गरेर प्राविधिक अध्ययनका लागि छात्रबृत्ति उपलव्ध गराइने गाउँपालिकाले जनाएको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गाउँपालिकामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच हिसावदौड, कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि नृत्य तथा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीबीचमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । कार्यक्रम गाउँपालिका शिक्षा शाखाको आयोजनामा सञ्चालन गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।