धनकुटामा वडा अध्यक्ष सहित नेता,कार्यकर्ता नेपाली कांग्रेस प्रवेश
धनकुटा,२४ भदौ । केहि समय अघि जनता समाजवाटी पार्टी बाट राजिनामा दिएका धनकुटा जिल्ला उपाध्यक्ष एवम् धनकुटा नगरपालिका ३ का वडा अध्यक्ष विकास घिमिरे, जिल्ला सचिव श्रीराम रायमाझी, नगरकमिटी अध्यक्ष दिलकुमार राई, नेकपा एमालेका पूर्वजिल्ला कमिटी सदस्य मेख बहादुर राई लगायतका एमाले, माओवादी, जसपा पाटी परित्याग गरी करिब ५० जना नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको एक कार्यक्रमका विच नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सम्पादन समिती सदस्य एवम् पूर्व मन्त्री सुनिल बहादुर थापा, नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई लगायतका नेताहरुले उहाँहरु लाई पाटी प्रवेश गराउनु भएको थियो ।


यो पनि…
नेपाल वायुसेवा निगमद्वारा न्यारोबडी जहाज मर्मतको ठेक्का आह्वान
काठमाडौँ, २४ भदौ (रासस) :नेपाल वायुसेवा निगमले ग्राउण्डेड अवस्थामा रहेको न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि ठेक्का आह्वान गरेको छ । करिब–करिब डेढ महिनापछि न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि ठेक्का आह्वान गरिएको हो ।
निगमले केही दिनअघि मात्र ओरिजिनल इक्विपमेन्ट म्यानिफ्याक्चर (ओइएम)÷मेन्टिनेन्स रिपेयर अर्गनाइजेशनका लागि अन्तर्राष्ट्रिय कम्पनीको माग गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । जहाजको भी–१७५८५ सिरियल नम्बरको दायाँपट्टिको इन्जिनमा समस्या आएपछि जहाज ग्राउन्डेड भएको थियो ।
आठ महिनाअघि यही जहाजको बायाँपट्टिको इन्जिन फेल भएर ग्राउण्डेड भएको थियो । ‘नाइनएन–एकेडब्लु’ कलसाइनको यो न्यारोबडी जहाजको निगमले सात वर्षअघि खरिद गरेको थियो । सात हजारभन्दा बढी साइकल पार गरेको यो इन्जिनले करिब १९ हजार फ्लाइङ आवर पार गरिसकेको निगमले जनाएको छ ।


