धनकुटामा ‘जनता संग कांग्रेस अभियान’ सम्पन्न
धनकुटा,२४ भदौ । मंसिर ४ गते हुने संघ र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले सुरु गरेको “जनतासंग कांग्रेस अभियान” धनकुटामा समापन गरीएको छ ।
विपी जयन्तीको अवर पारेर एक कार्यक्रमका विच नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री सुनिल बहादुर थापाले अभियान समापन गर्नु भएको हो ।
समापन कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस नेता कार्यकर्ता सधै जनताको पक्षमा रहेको भए पनि निर्वाचन लाई लक्षित गरेर नेता कार्यकर्ता जनताको घर दैलोमा पुगेर कांग्रेस जिताउन लाग्नु पर्ने बताउँनु भयो साथै उहाँले कांग्रेसले जिते मात्र जनताको जित र देशको विकास सम्भव रहेको बताउँनु भयो ।
कार्यक्रममा महासमिति सदस्य आन्नद सन्तोषी राईले विपीको जिवनीको चर्चा गर्दै विपीले त्यो समायमा लेखेका र बोलेका कुराहरुको सान्र्दभिकता अहिले पनि रहेको बताउनु भयो ।
त्यस्तै प्रदेश सभा सदस्य लिला सुब्बाले सबै नेता कार्यकर्ता लाई कांग्रेस जिताउन लाग्न आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव बिजयसन्तोषी राईले अभियानको क्रममा गरेका कामको जनाकारी गराउँनु भएको थियो भने संचिव जयन्द्र घिसिङ्गले कार्यक्रमको संचालन गर्नु भएको थियो ।
त्यस्तै पाटी सभापति दिनेश राईले आगामी निर्वाचनमा धनकुटामा नेपाली कांग्रेस लाई बिजयी बनाउँन आवश्यक रहेकोले त्यस अनुसार नेता कार्यकर्ता लाग्नु पर्ने बताउँनु भयो ।
नगरपालिकाका सभापति नरेश श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो ।


तस्बीर : आनन्द सन्तोषी राईको फेसबुकबाट


