पाख्रीबासमा गुन्जिए कवि ध्रुव एलेक्स

धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका ४ आज कवितामय भएको छ । कवि ध्रुव पौडेल एलेक्सको एकल कविता वाचनले उपस्थित साहित्य पारखीलाई मन्त्रमुग्ध बनाएको छ ।

लुकेर रहेका साहित्यिक स्रष्टालाई अगाडि सार्ने र साहित्यिक माध्यमबाट समाज रुपान्तरणमा साहित्यकारको पनि भूमिका खेल्नका निम्ति विसं २०७३ मा पाख्रीबासका युवा साहित्यकारहरुको जमातले स्थापना गरेको पाख्रीबास कला साहित्य समाजको आयोजनामा यहां “पाख्रीबास काब्य श्रृंखला-५” सम्पन्न भएको छ ।

श्रृंखलामा बिसं २०४८ असोज १४ गते जन्म भइ अंग्रेजी साहित्यमा स्नाकोत्तर गर्नु भएका जल्दाबल्दा साहित्यकार ध्रुव एलेक्सका ६ कविताहरु वाचन गरिएका थिए ।

कविको पहिलो कविता देशप्रति समर्पित गर्दै “मेरो देश” शिर्षकको कविताबाट सुरु गरि “कोठामा”,”हिटलरको मुस्कान”,”हरेक दुलोहरु खतरनाक हुन्छन्”,”बुढो भएपछि” हुंदै “सामन्तवाद” मा आएर कवि एलेक्सले श्रृंखलाको विट मारेका थिए ।

पहिलो सत्रमा कवि एवेक्सको एकल कविता वाचनपछि दोस्रो श्रृंखलामा प्रतिनिधि साहित्यकार,कलाकारहरुले गजल,कविता,मुक्तक वाचन गरेका थिए ।

समाजका अध्यक्ष कवि प्रज्वल पुकार(प्रेम भण्डारी) ले संचालन गर्नु भएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार रोशन परियार लगायत समाजका सदस्य ,साहित्यकार,साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो ।

यो पनि…
चार दशक बित्दा पनि फेरिएन बुधबारे बजार
– नारायणकुमार राई/धनकुटा, २५ भदौ (रासस) ः सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदमुकामबाट सुदुरपूर्वमा रहेको छ नं.बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन ।

त्यही सहरको ४४ किमि पूर्वमा रहेको भेडेटार बजारलाई सडक सञ्जालले छोएको ४६ वर्षमा पूर्वको प्रमुख पर्यटकीय गन्तव्य र महँगो पर्यटकीय नगरी पनि बन्यो । तर, तीन वर्षपछि सडक सञ्जालले छोएको धनकुटा, पाँचथर र मोरङको सङ्गममा रहेको बुधबारे बजारको अवस्था चार दशक बितिसक्दा पनि उस्तै छ ।

जिल्लाको सदरमुकामबाट ८० किमि दक्षिण–पूर्व र भेडेटारबाट ४४ किमि पूर्वमा रहेको यो बजार साविक ६ नं बुधबार गाविस हाल चौबिसे गाविसको वडा नं १ मा पर्दछ । हाल एक सय ५० घरधुरी रहेको उक्त बजार आधा धनकुटा र आधा पाँचथरमा रहेको छ । यो बजार इलाम, पाँचथर, धनकुटा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानबाट सुनसरी, मोरङ र झापा जिल्ला जाने सङ्गमस्थल पनि हो ।

यो बजार पूर्व–पश्चिम महेन्द्र राजमार्गको कानेपोखरी(मोरङ)बाट ३५ किमिको दूरीमा पर्छ भने भेडेटार सोही राजमार्गको इटहरी (सुनसरी)बाट ३३ किलोमिटरको दूरीमा रहेको छ । विसं २०३३ मा तत्कालीन राजा महेन्द्रले धरान धनकुटा ५२ किमि कोसी राजमार्गको शिलन्यास गरेपछि भेडेटारलाई सडक सञ्जालले छोएको थियो । उता पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले आफू प्रधानमन्त्री भएको समयमा २०३६ सालमा लेटाङ–६ नं बुधबारे सडकको शिलन्यास गरी कच्ची सडक विस्तार गर्नुभएको थियो ।

विसं २०३८ मा कालोपत्रे भएको भेडेटार २०५२ सालको माओवादी सशस्त्र द्वन्दका कारण केही समय सुनसान भए पनि २०६४ साल पछि पर्यटकको भीड बढेर समृद्ध बन्यो । अहिले भेडेटार र आसपासका क्षेत्रमा चीसो वातावरण र प्राकृतिक दृश्यपान गर्न पूर्वी तराई र विहार, उत्तर प्रदेश, पश्चिम बङ्गाल क्षेत्रका भारतीय पर्यटक र सवारीको घुइँचो लाग्ने गर्दछ तर उति नै दूरीमा रहेको उस्तै वातावरण र पर्यटकीय गन्तव्य भएको बुधबारे बजार भने दीगो सडक सञ्जाल नहुँदा लामो समयदेखि आज पनि ग्रामीण बजारकै रुपमा रहेको छ ।

विसं २०३६ मा लेटाङ–बुधबारे सडक शिलन्यास पछि सडक निर्माणमा काम गर्नुभएका सोही बजारका ५२ वर्षीय आनन्दकुमार श्रेष्ठले अहिले पनि बाटो पहिलेकै अवस्थामा भएकाले बजारको विकास हुन नसकेको बताउनुभयो । “बर्खाले बाटो बगाएर अहिले पनि मान्छे हिँड्ने बाटो खनेर हिँड्नुपर्छ”, श्रेष्ठले भन्नुभयो, “कालोपत्रे नभएसम्म बाटोको अवस्था उस्तै हो ।” यस सडकको सुधार र स्तरोन्नतिका लागि नेपाल सरकार तथा विभिन्न दातृ निकायले सकम खर्च गरे पनि सडकको अवस्था झन बिग्रिएको वडा अध्यक्ष देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

पटक–पटक स्तरोन्नति गरे पनि सडक चुरे क्षेत्रमा रहेकाले हरेक वर्ष बर्खाको बाढीले बागाएर बाटो नै हराउने गरेकाले बजार प्रभावित हुँदै आएको उहाँले जानकारी दिनुभयो । “कालोपत्रे नगरुञ्जेल बाटोमा गाडी चल्न सक्ने अवस्था नै छैन । पहुँच नभएका हामीजस्ताको मार्का कस्ले बुझ्ने ?” श्रेष्ठले दुःखेसो गर्नुभयो । बजार उत्थानका लागि बाटोलाई कालोपत्रे गर्न केन्द्रमा हरेक वर्ष दुई–तीन पटक धाए पनि सबैले हुन्छ भनेर कसैले सहयोग नगरेको श्रेष्ठले गुनासो गर्नुभयो ।

जति स्तरोन्नति ग¥यो त्यति बिग्रने उक्त सडक पहिला केही राम्रो हुँदा यहाँ लाग्ने साप्ताहिक बजारमा मोरङका व्यापारीले भरिभराउ हुने गरे पनि अहिले एक जना पनि आउने नगरेको सोही बजारका राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । अहिले उक्त स्थान भएर जाने निर्माणाधीन भेडेटार–रवी–राँके राजमार्ग अवरुद्ध भइरहने भएकाले हरेक दिन जमघट हुने बुधबारे बजार थप सुनसान भएको उहाँले दुखेसो गर्नुभयो ।

धेरै भू–भाग मोरङ जिल्लामा पर्ने भएकाले आफूहरुले कालोपत्रेका लागि मोरङका सांसदसँग पहल गरिरहेको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो ।
“कालोपत्रेका लागि बजेट परेर शिलन्यास हुन लागेको जानकारी आएको छ”, लिम्बूले भन्नुभयो । दिगो सडक नहुँदा हाल यस बजार हुँदै धनकुटा, पाँचथर र इलामबाट मोरङ, सुनसरी र झापासम्म ठूला सवारी नचल्ने तर महँगो भाडा लिएर साना जिप मात्र जोखिम मोलेर जानेगरेका छन् । बजारबाट ३० किमि लेटाङ जान प्रतिव्यक्ति रु सात सय ५० भाडा लिने गरिएको छ ।

बाटोमा पहिरो झरिरहने जोखिमका साथै अत्यधिक सामान टुटफुट हुने गरेकाले भाडा महँगो लिनुपरेको १९ वर्षदेखि जिप चलाउँदै आउनुभएका मे१ज ७१९ का ४० वर्षीय चालक विनोद श्रेष्ठले जानकारी दिनुभयो । निकट भविष्यमा महेन्द्र राजर्मागको मापदण्डमा कालोपत्रे हुन लागेको भेडेटार–रवी–राँके सडक निर्माण पूरा भई लेटाङबाट बजार–बुधबारेसम्म कालोपत्रे भएमा यस क्षेत्रको दु्रत गतिमा विकास हुने देखिन्छ ।

बजारको शिरमा दार्जिलिङको टाइगरहिलभन्दा मौसम सफा रहने दुई हजार ५०० मिटर अग्लो मिक्लाजुङ डाँडा र आधा दर्जन जति प्रवद्र्धनका पर्खाइमा रहेको ताल, सिमसार र झरना रहेका छन् । सडक पहुँच नहँुदा महेन्द्र राजमार्गबाट ३५ किमि उत्तरमा रहेको यस क्षेत्रलाई छाडेर यहाँबाट पश्चिममा रहेको भेडेटारमा करिब ७० किमिभन्दा बढीको दूरी पार गरेर पश्चिमी क्षेत्रका भारतीय पर्यटक जानेगरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।