हिमाली बौद्ध पाठशाला थुप्तेन देक्षेन छ्योलिङ गुम्बा म्हानिपा संघ जिल्ला कार्यसमिति धनकुटाको प्रथम साधारण सभा सम्पन्न
धनकुटा । हिमाली बौद्ध पाठशाला थुप्तेन देक्षेन छ्योलिङ गुम्बा म्हानिपा संघ जिल्ला कार्यसमिति धनकुटाको प्रथम साधारण सभा आज सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।
सभामा वडा अध्यक्ष वाङद तामाङ , घेदुङका केन्द्रीय सदस्य विष्णु मोक्तान , जनप्रतिनिधिहरु लगायत विभिन्न संघ संस्थामा आवद्ध तामाङ वुद्धीजीवी समाजसेवीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभामा संघका उपाध्यक्ष पेमा कुमारी लामाले अहिलेसम्म संघले गरेका कामको वारेमा जानकारी गराउदै संघको उद्देश्य र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


