जिल्ला अस्पताल खोटाङमा शल्यक्रिया मार्फत सुत्केरी सेवा बन्द

खोटाङ, २६ भदौ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको छ । एनेस्थेसिया सहायक (अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी) अस्वस्थ भएर उपचारमा बसेका कारण अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको हो । आइतबार जिल्ला अस्पतालले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गरिएको जानकारी दिएको छ ।

शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । जिल्ला अस्पतालमा एक एनेस्थेसिया सहायकको दरबन्दी छ । कार्यरत एनेस्थेसिया सहायकको दुर्घटनामा खुट्टा भाँचिएर उपचारमा बस्नु परेकाले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गर्नुपरेको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी सेवा बन्द भएको जानकारी दिँदै वैकल्पिक सेवाको व्यवस्थापनमा लाग्ने सचेतताका लागि सूचना जारी गरिएको हो । तत्कालका लागि सट्टामा राख्ने जनशक्ति समेत नपाइने भएकाले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ ।

इमरजेन्सीका बेला केही समय जिल्ला अस्पतालकै डाक्टरमार्फत एनेस्थेसियाको काम गराउने प्रयास भएको थियो तर अधिक जोखिम भएकाले सेवा नै बन्द गर्नुपरेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।