विश्व मुटु दिवसको अवसरमा धनकुटामा खुल्ला सडक दौड प्रतियोगिता हुने
धनकुटा,२७ भदौ । विश्व मुटु दिवसको अवसरमा धनकुटामा खुल्ला सडक दौड प्रतियोगिता हुने भएको छ । पूर्व प्रहरी संस्थाले धनकुटामा आज पत्रकार सम्मेलन गदै दिएको जानकारी अनुसार असोज १३ गते हुने दौड प्रतियोगितामा हुन लागेको हो ।
प्रतियोगितामा सहभागी हुन चाहने भदौ २८ गतेदेखि असोज १२ गतेसम्ममा ५ सय रुपैयाँ शुल्क तिरि नाम टिपाउन सक्ने पूर्व प्रहरी संस्था धनकुटाका अध्यक्ष योगेन्द्र काकीले जानकारी दिनुभयो।
सहभागी हुने खुल्ला धाबकहरूले १५ किलोमिटर र महिला धाबकहरूले ८ किलोमिटर दुरी पार गर्नुपर्ने छ ।
प्रतियोगितामा खुल्ला तर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई जनही ३० हजार, २० हजार र १० हजार र चौथो र पाँचौलाई सान्त्वना दिइने आयोजकले जनाएको छ।
यस्तै महिला तर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई जनही १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ। यस्तै ४० वर्ष माथिको १ जनालाई प्रथम पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।


