धनकुटाको पर्यटकिय स्थल बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरको सरसफाई
धनकुटा । धनकुटाको धार्मिक पर्यटकिय स्थल श्री बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिर परिसरको सरसफाई गरिएको छ ।
नेपाली सेनाको पूर्वी हेडक्वाटर हिले र यहाँका स्थानीयवासीले सरसफाइ गरेका हुन् । पुर्वी हेडक्वाटर हिलेका कर्णेल विकास शाक्य नेतृत्वको सेनाको टोवी र स्थानीयवासीले सरसफाइ गरेका हुन् ।
हिले बजार व्यवस्थापन समिति धनकुटाले आउदै गरेको चाडपर्व दशै तिहार लक्षित गरेर आयोजमा गरेको सरसफाइ कार्यक्रममा पुर्वी हेडक्वाटरका कर्णेल शाक्य नेतृत्वको १ सय जना बढी नेपाली सेना र स्थानीयले मन्दिर वरिपरिका पर्यटकीय स्थलको सरसफाइ गर्दै झाडीहरु फाड्ने काम गरेका थिए ।
सरसफाइ कार्यमा सहभागी सेना तथा स्थानीयबासीलाई हिले बजार व्यवस्थापन समिति अध्यक्ष लालचन गाेङवाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कर्णेल शाक्यले यस्ता कार्यमा नेपाली सेना विगत लामो समय देखि सहभागी हुँदै आएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।-तस्बीर : सुनौलो समाजबाट


