भारती माध्यमिक विद्यालयमा बाल दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना

धनकुटा.२९ भदौ । बाल मैत्री समाजको आधार जिम्मेवार परिवार,उत्तरदायी सरकार भन्ने नाराका साथ आज ५८ औं राष्ट्रिय बाल दिवसको अवसमा धनकुटा अधिकांश विद्यालयहरुले विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरी मनाएका छन् ।

यहि अवसरमा छथरजोरपाटी गाउँपालिका १ को भारती माध्यमिक विद्यालयमा रहेको बालक्लबले समेत विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

क्लवले आयोजना गरेको यूगल तथा एकल नृत्यप्रतियोगितामा प्रसन्न लिम्बु, भिमकला लिम्बु, शर्मिला राई र सृशा लिम्बुको जोडिले प्रथम स्थान हाँसिल गरेको थियो त्यस्तै समिक्षा लिम्बु, कुवेरधन लिम्बु, आकास लिम्बु,सुमन लिम्बु,मनिका लिम्बु र गिता लिम्बुको जोडीले दोस्रो स्थान हाँसिल गरेको छ भने इन्द्रावती लिम्बुले तेस्रो स्थान हाँसिल गरेकी छन् । त्यस्तै गायन तर्फ दिम्पल लिम्बु प्रथम, पुष्पा लिम्बु दोस्रो र भूमीका लिम्बुले तेस्रो स्थान हाँसिल गरेका छन् ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक रुद्रबहादुर विक, शिक्षक प्रतिनिधी, जुरेशका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य सुवास तामागले गर्नु भएको थियो भने कार्यक्रमको संचालन रोमनाथ निरौलाले गर्नुभएको भने बाल क्लबका अध्यक्ष आशिस लिम्बुको अध्यक्षतामा कार्यक्रम भएको विद्यालयका शिक्षक लोकमणी घिमिरेले जानकारी दिनु भयो ।

यो पनि…
बालबालिका सचेत हुनुपर्छ : मन्त्री रेग्मी
काठमाडौँ, २९ भदौ (रासस) :महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले साथीभाइ, छिमेकीलगायत नजिकैका व्यक्तिबाटै बालबालिकाविरुद्ध दुव्र्यवहारका घटना हुनसक्ने भएकाले त्यो हुन नदिन पहिले नै सचेत हुनुपर्ने बताउनुभएको छ ।

अन्ठाउन्नौँ राष्ट्रिय बाल दिवसका अवसरमा आज मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले कुनै पनि किसिमका घटना भइहालेमा तुरुन्तै आमा, दिदीबिहिनिलगायत नजिकका व्यक्तिलाई खबर गर्न बालबालिकालाई सल्लाह दिनुभएको छ । भविष्य बनाउनुपर्ने समयमा धेरै बालबालिका सुधार गृहमा गइरहेकाले बालबालिकाले आफूले गर्न हुने र नहुने कामका बारेमा पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

“मोबाइल चलाउँदा राम्रा र नराम्रा कुरा छुट्टयाएर हेर्न मेरो सुझाव छ, असल शिक्षा पाइने कुरा मात्रै हेर्नुपर्छ”, मन्त्री रेग्मीले भन्नुभयो । बिहान घरबाट निस्केका सन्तान बेलुका फर्कन्छन् कि फर्कंदैनन् भन्ने अभिभावकमा चिन्ता रहेको उहाँको भनाइ छ । अहिले मोफसलमा कतिपय जिम्मेवार व्यक्तिले नै महिलाको विवाहको उमेर कम गर्ने विषयमा कुरा उठाए पनि आफू त्यसको विपक्षमा रहेको मन्त्री रेग्मीले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “उमेर २० वर्षबाट कम गर्ने होइन पढाइ सकाएर मात्रै विवाह गर्न अझै बढाउँदा राम्रो हुनसक्छ ।”

मन्त्रालयका सचिव डिल्लीराम शर्माले बाल अधिकारको संरक्षण गर्दै उनीहरुको सर्वाेत्तम हित गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो । बालबालिकालाई सक्षम र योग्य नागरिकका रुपमा विकास गर्न सरकारसँग सबै पक्षले साथ, सहयोग र समन्वय गर्नुपर्नेमा उहाँको जोड छ ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले धेरै बालिका शिक्षकबाट नै हिंसामा परेका धेरै उजुरी आयोगमा आइरहेको उल्लेख गर्नुभयो । अहिले २० र २१ वर्षका धेरै युवा जानेर वा नजानेर साइबर अपराधमा संलग्न हुँदा त्यसप्रति सचेत हुन उहाँले बालबालिकालाई अनुरोध गर्नुभयो ।

राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंहले मातृ मृत्युदर र पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकाको मृत्युदर पहिलेभन्दा कम भए पनि अझै सुधारका लागि काम गर्न आवश्यक रहेको औँल्याउनुभयो । राष्ट्रिय किशोरी सञ्जालकी संयोजक ललिता पाख्रिनले सरकारका कार्यक्रम सुगम ठाउँमा पुगेको भन्दै त्यसलाई ग्रामीण क्षेत्रका बालबालिकासम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।