पाख्रीबास नगरपालिकामा जति परिक्षार्थी सबै फेल,रोजगार सहायकको पदमा पुन: प्रतिस्पर्धा गराइने

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा रोजगार सहायकमा कोही पनि छनौटमा परेनन् । नगरले स्वरोजगार सेवा केन्द्रका लागि १ जना रोजगार सहायक खुल्ला प्रतिष्पर्धाबाट करारमा पदपूर्तिका लागि लिएको परिक्षामा तोकिएको अंक कसैलेपनि ल्याउन नसकेपछि सो पदमा उम्मेद्धार छनौटमा नपरेका हुन् ।

गत साउन २३ नगरपालिकाले आफ्नो आधिकारिक फेसबुक मार्फत सुचना सार्बजनिक गरेको थियो । जस अनुसार आवेदन दिन सकिने अन्तिम मिति गत भदौ ६ गते तोकिएको थियो,जसमा २२ जना उम्मेदवारले नाम दर्ता गराएका थिए ।

प्रथम पटकको सुचना-

दर्ता भएका २२ मध्ये नपाले भदौ १४ गते सुचना प्रकाशित गर्दै “स्थानिय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ को दफा ६ मा भएको व्यवस्था बमोजिम भन्दै अन्य १२ जना प्रतिस्पर्धीहरुको नाम हटाउंदै प्रारम्भिक योग्यताक्रमको सूचिमा छनौट भएका १० जनाको नाम सार्बजनिक गरेको थियो ।

हेर्नुहोस् सुचना-

पुन: भदौ १९ गते सुचना जारी गर्दै भदौ २९ गते बिहान ११ बजे लिखित परिक्षा(सेवा सम्बन्धी) र दिनको २ बजे प्रयोगात्मक परिक्षा(कम्प्युटर सम्बन्धि) तोकिएको थियो ।

परिक्षा सम्बन्धी सुचना-

भाद्र २९ गते लिएको सेवा सम्बन्धि वस्तुगत र कम्प्युटर सम्बन्धि प्रयोगात्मक परिक्षामा सहभागी भएका मध्ये रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ को दफा (७) को उपदफा (४) बमोजिम कम्प्यूटर सम्बन्धि प्रयोगात्मक परिक्षामा कुनैपनि उम्मेद्धारले तोकिएको न्यूनतम अंक प्राप्त नगरेको नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलद्धारा जारी सूचनामा उल्लेख छ ।

कुनै पनि परिक्षार्थीहरुले प्रयोगात्मक(कम्प्युटर सम्बन्धि) परिक्षामा तोकिएको न्यूनतम अंक प्राप्त गर्न नसकेपछि उम्मेदवार छनौट नगरिएको र पुन: अर्को सुचना प्रकाशित गरि खुला प्रतिस्पर्धाबाट उक्त पद पूर्ति गरिने नपाका सुचना अधिकारी किरण राईले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।