ला’गुऔ’षध सहित ३ जना पक्राउ

बिराटनगर, भाद्र ३१ । मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट १ जना र झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट २ जनालाई ब्रा’उन सु’गर सहित प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहरी-४ सुनसरीका २२ बर्षीय बिशाल भुजेलको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्रा’उन सु’गर बरामद गरेको छ भने ला’गुऔ’षधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा ला’गुऔ’षध ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यलय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ बस्ने ३८ बर्षीया सुगन्दा अन्सारी र उनको १७ बर्षीय छोरा अर्मान अन्सारीलाई घर भित्र प्लास्टिकमा प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ‘ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

प्र’तिबन्धित ला’गुऔ’षध ब्रा’उन सुगर सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।

ऊर्जामन्त्री भुसालद्वारा ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द’को उद्घाटन
काठमाडौँ, ३१ भदौ (रासस) : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरस्थित गोदावरीमा निर्माण गरिएको ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । जलस्रोत अनुसन्धान तथा विकासकेन्द्रअन्तर्गत रहेको सो भवनमा आज आयोजित कार्यक्रममा मन्त्री भुसालले उद्घाटन गर्नुभएको हो ।

जलस्रोतको परीक्षण त्यससँग सम्बन्धित तालिम सञ्चालन गर्ने उद्देश्यले १२ आना जग्गामा रु १४ करोड लागतमा सात तलाको अत्याधुनिक भवन निर्माण गरिएको हो । सोही अवसरमा मन्त्री भुसालले भौतिक पूर्वाधार, सडक, अवास, सिँचाइ, खानेपानी र जलविद्युत्लगायत समग्र देशको विकासको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग समग्र मास्र्टर प्लान छैन, हामी विकेन्द्रित विकास गर्छौं, सबै मन्त्रालयले आआफ्नै ढङ्गले विकासका काम गर्छौं, त्यसले गर्दा कहिले डुप्लीकेसन, बजेटको केन्द्रीकरण हुने समस्या हुन्छ, त्यसैले सबै सरकारले निरन्तरता दिनेगरी राजनीतिक सहमति गरेर देशको विकासका लागि मास्र्टर प्लान बनाउनुपर्छ ।” मास्र्टर प्लानसहित विकासको योजना बनाउँदा दिगो र आवश्यकताको विकास हुने उहाँको भनाइ छ ।

मन्त्री भुसालले तालिम तथा अनुसन्धानका कार्यक्रम सञ्चालनका लागि केन्द्र प्रयोगमा आउने बताउँदै जलवायु परिर्वतनको उच्च जोखिममा रहेको नेपालको विशिष्ट भौगोलिक अवस्था अनुकूलको विकास निर्माणका योजना तयार पार्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्रालयका ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले जलस्रोतको विकास, नयाँ प्रविधिको प्रयोग र अनुसन्धानका निम्ति निर्माण गरिएको भवन जलस्रोतका क्षेत्रमा बढीभन्दा बढी प्रयोग हुने बताउनुभयो । मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को क्षेत्राधिकार बढाउँदै विशिष्ट प्रकृतिको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिनुभयो ।

जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक सरिता दवाडीले प्रयोगशालालाई जलस्रोत क्षेत्रको राष्ट्रियस्तरको प्रयोगशालाका रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।