धनकुटाका आठपहरिया जातिले चाम्नुगी चाड मनाउँदै
धनकुटा,३१ भदौ । धनकुटा जिल्लामा मात्र बसोबास गरी रहेका आठपहरिया जातिले आज चाम्नुगी चाड, अन्तर्गत पाङडाङ्वा पितृ पूजा गरेर मनाउँदैछन् ।
भदौ २८ गते ठावा, २९ गते उमाढाम, ३० गते हरुवा, ३१ गते पाङढाङवा, असोज १ गते चामाठुक्मा, र असोज २ गते लाम्बो छाक्मा मनाए संगै पर्वको अन्त्य हुने गर्दछ ।
यो समयमा आठपहरियाहरुले पितृको पुजा, नयाँ बालिको न्वागी खाने समेत गर्दछन् ।
यो पनि…
महिला साफ च्याम्पियनसिप ः बङ्गलादेश फाइनलमा
काठमाडौँ, ३१ भदौ (रासस) ःछैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो । बङ्गलादेशको जितमा सविना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।
बङ्गलादेशले खेल सुरुआती दोस्रो मिनेटमा मोसाम्मतको गोलबाट सुरुआती अग्रता बनायो । खेलको १८ औँ मिनेटमा सविनाले गोल गर्दै बङ्गलादेशको अग्रता २–० को बनाइन् । त्यसपछि खेलको ३० औँ मिनेटमा श्रीमोतीले गोल गर्दा बङ्गलादेशको अग्रता तेब्बर बन्यो भने खेलको ३५ औँ मिनेटमा रितुले गोल गरेपछि पहिलो हाफमा बङ्गलादेश ४–० ले अघि रह्यो ।
त्यसैगरी खेलको दोस्रो हाफमा बङ्गलादेशले थप चार गोल ग¥यो । खेलको ५४ औँ मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता ५–० को बनाइन् । खेलको ५७ औँ मिनेटमा मसुराले गोल गर्दा बङ्गलादेश ६–० ले अघि रह्यो । खेलको ८७ औँ मिनेटमा तोहोराले गोल गरेपछि बङ्गलादेश ७–० ले अघि रह्यो । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा सविनाले ह्याट्रिक पूरा गर्दै बङ्गलादेशलाई ८–० को जित दिलाइन् ।
अब बङ्गलादेशले आजै हुने अर्को सेमिफाइनल खेलको विजेता टोलीसँग फाइन खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा नेपाल र भारत भिड्नेछन् यसको विजेता फाइनल पुग्नेछ । नेपाल र भारतबीचको खेल आज साँझ ५ः३० बजे सुरु हुनेछ ।


