संविधान दिबसको अबसरमा बनझाँक्री पार्कको सरसफाई

धनकुटा,३ असोज । संविधान दिबसको अबसर पारेर धनकुटाको महालक्ष्मी नगरपालिकाले पर्यटकीय क्षेत्र बनझाँक्री पार्कको सरसफाई गरको छ ।

संविधान दिवशको अवसर पारेर महालक्ष्मी नगरपालिकाका प्रमुख धुव्रराज रायको नेतृत्वमा महालक्ष्मी नगरपालिका ६ मा रहेको पर्यटकिय गन्तव्य बनझाँक्री पार्क सरसफाई गरेको हो ।

तस्बिर मनोज तामाङ्गको फेसबुकबाट

यो पनि…
मकैको उत्पादन घट्दा किसान मारमा
बागलुङ, असोज ३ (रासस) ःबागलुङको तमानखोला गाउँपालिका–१ सम्मर गाउँका कृषक यसवर्ष निकै मर्कामा परेका छन् । कृषि ज्ञान केन्द्र बागलुङले कृषकलाई नयाँ जातको मकैको बीउ अध्ययन विनानै वितरणगर्दा उत्पादन राम्रो नभएपछि कृषक मर्कामा परेका हुन् । गाउँलाई गत वर्ष मकै पटेक क्षेत्र घोषणा गरिएको थियो ।
गणेश जातको मकैको बीउ १७ समय मिटरभन्दा माथिको उचाइमा लगाउनुपर्ने हो तर सम्मर गाउँ एक हजार छ सय मिटरको उचाइमा छ । गणेश जातको मकै लगाउने उत्तम उचाइभन्दा होचो क्षेत्रमा बीउ लगाउँदा मकै ढल्ने, राम्रो घोगा नहाल्ने समस्याले उत्पादनमा कमी आएको कृषकको गुनासो छ । यहाँका कृषकले गत वर्षसम्म मनकामना जातको मकै लगाउने गरेका र उक्त जातको बीउले उत्पादन पनि राम्रो दिएको थियो ।

“यसवर्ष कृषि ज्ञान केन्द्रले वितरण गरेको बीउले नै ठग्यो”, स्थानीय कृषक प्रेमबहादुर पुनले भन्नुभयो, “यसपालि उत्पादनमा निकै कमी आयो, अर्को वर्षदेखि यो बीउ लगाउनै नहुने भो ।” मकै ब्लगका अध्यक्षसमेत रहनुभएका पुनले गाउँका अधिकांश कृषकले कृषि ज्ञान केन्द्रले वितरण गरेको बीउ लगाएका छन् । नयाँ जातको बीउबाट राम्रो उत्पादन गर्न सकिने आश गरिएको तर उत्पादनमा निकै कमी भएपछि निराश हुनुपरेको बताउनुभयो । ज्ञान केन्द्रका प्राविधिकले अर्को वर्षदेखि यो बीउलाई उच्च ठाउँमा पठाउने र यहाँ मनकामना जातनै लगाउन सुझाएको उहाँको भनाइ छ ।

स्थानीय कृषक छमप्रकाश पुनले भए भरको सबै बारीमा नयाँ जातको मकै लगाउँदा धेरै नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो । उहाँले ज्ञान केन्द्रले सुरुमै गाउँमा आएर प्राविधिक रुपमा माटो जाँच गरेर बीउ वितरण गरेको भए आफूहरुले धेरै नोक्सानी व्यहोर्ननपर्ने बताउनुभयो ।

“बीउ वितरण गर्ने बेलामा प्राविधिक आएर यहाँको वस्तु स्थिति, माटो र हावापानी परीक्षण गरेको भए हामीले यति धेरै नोक्सानी भोग्नुपर्ने थिएन”, उहाँले भन्नुभयो, “अब अर्को वर्षदेखि पहिलेको बीउले राम्रो उत्पादन दिएको त्यसैलाई निरन्तर गर्नुपर्छ ।” कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले सम्मर गाउँ एक हजार छ सयभन्दा माथिको उचाइमा रहेको भन्दै बीउको माग गरेको र सोही अनुसार केन्द्रले बीउ उपलब्ध गराएको बताउनुभयो । उहाँले उत्पादनमा केही कमी आए पनि नयाँ बीउ भएको हुँदा प्राविधिक रुपमा उत्पादनमा खासै कमी नआएको बताउनुहुन्छ ।

“नयाँ बीउ हो, केही कमी आउन सक्छ, गणेश जातको मकै गणेश हिमालको नामबाट राखिएको हो, यो एक हजार सात सय मिटरभन्दा माथिको उचाइमा राम्रो उत्पादन हुने हो, कृषकहरुले माग गर्दा निकै उचाइमा छ, हाम्रो ठाउँ भनेर माग गर्नु भयो । हामीले पनि सोहीअनुसार उहाँहरुलाई मकैको बीउ उपलब्ध गरायौँ”, प्रमुख भट्टराईले भन्नुभयो, “यसका लागि कृषकले बढी मेहिनत गर्नुपर्छ, उहाँहरुले कम मेहिनत गर्नुभयो, कम्पोस्ट मलको आवश्यक हुन्छ, मल पनि कम प्रयोग भएको हुँदा उत्पादन कम भएको हो ।”

भट्टराईले ज्ञान केन्द्रले तालिम दिएअनुसार कृषकले काम नगर्दा उत्पादनमा कमी आएको समेत बताउनुभयो । उहाँले अर्को वर्षदेखि मकामना–३ जातकै बीउ वितरण गर्ने योजना बनाएको बताउनुभयो । त्यस क्षेत्रमा आगामी वर्षका लागि मनकामना जातकै बीउ प्रस्ताव गरि केन्द्रमा सिफारिस गरेको जानकारी गराउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।