प्रेस मञ्च नेपाल,धनकुटाको अध्यक्षमा चेम्जोङ

धनकुटा,३ असोज । प्रेस मञ्च नेपाल धनकुटाको दोश्रो जिल्ला अधिवेशनले हेमन्त चेम्जोङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । मञ्चको जिल्ला उपाध्यक्षमा सन्तोष राई, सचिवमा शान्ता मगर, सह–सचिवमा सुरेश याम्फू र कोषाध्यक्षमा सुमित्रा घले सर्वसम्मत चयन भएका छन् ।

भूमी आयोग धनकुटाका अध्यक्ष एवं जनता समाजवादी पार्टी धनकुटाका अध्यक्ष बलवहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न दोश्रो जिल्ला भेलाले १३ सदस्यीय कार्य समिति चयन गरेको हो । मञ्चको सदस्यहरुमा शदेश आठपहरिया, रोहन राई, सुजन आठपहरिया, दिप्सन राई, राकेश राई, विनायक राई, तृष्णा राई र सुम्नीमा राईलाई चयन गरिएको छ ।

मञ्चको सल्लाहकार समितिको संयोजकमा निवर्तमान अध्यक्ष उत्तम देवान चयन भएका छन् भने सदस्यहरुमा दिवा चेम्जोङ र लिलाराज लावती चयन भएका छन् ।मञ्चका जिल्ला अध्यक्ष उत्तम देवानको अध्यक्षतामा सम्पन्न दोश्रो जिल्ला भेलाबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई अग्रज पत्रकार संजय सन्तोषी राई, जसपा जिल्ला पार्टी अध्यक्ष वलवहादुर राई, केन्द्रिय सदस्य सरकुमारी आठपहरिया, पार्टीका साँगुरीगढी अध्यक्ष लिलारज लावती, जिल्ला उपाध्यक्ष गोपाल लिम्वु लगायतले वधाई तथा सफल कार्यकालको शुभकानमा व्यक्त गरेका थिए ।

उनीहरुले विशेष गरेर पहिचानको मुद्धामा केन्द्रित भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।