किरात राई यायोख्खा धनकुटाको ७ औं जिल्ला अधिवेशन सम्पन्न, उद्धवमणी राईको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति चयन

धनकुटा । किरात राई यायोख्खा धनकुटाको ७ औं जिल्ला अधिवेशनबाट उद्धवमणी राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । मंगलबार साँझ सम्पन्न अधिवेशनले अधिवेशनले १६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पृथुराम राई र मन कुमारी राई,सचिवमा कला राई,सहसचिवमा अनिषपुमा राई,लजेश राई र कोषाध्यषमा जुनमाया राई रहेका छन् ।

अन्य सदस्यहरुमा टोपेन्द्र राई,चन्द्र कुमारी राई, बसन राई, अञ्जना राई, मुलुकमान राई, बलप्रसाद राई,अमृत राई भोगेन्द्र राई र देवी राई रहेका छन् ।

किरात राई यायोख्खा धनकुटाका निवर्तमान अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा सञ्चालित अधिवेशनको उद्घाटन यायोख्खाका केन्द्रिय सचिव मातृका राईले गर्नुभएको थियो भने यलम्बरको शालिक अनावरण समेत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष सञ्जयसन्तोषी राईले जनजातिहरुको भाषा,धर्म,संस्कार र सस्कृती प्रति राज्यले विभेद गरेको उल्लेख गर्दै यसलाई सच्याउन जोडदार माग गर्नुभएको थियो ।

कार्यक्रममा आदिबासी जनजाति महासंघका पूर्व अध्यक्ष पार्वती राई,पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगायतले मन्तव्य राखेका थिए ।


तस्बीर :नरेन्द्र काश्चितको फेसबुकबाट साभार

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖