दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रको गुणस्तरलाई सुधार गर्न आवश्यक : सांसद राई

धनकुटा । नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रको गुणस्तरलाई सुधार गर्न आवश्यक रहेको संघिय सांसद राजेन्द्र राईले बताउनु भएको छ । धनकुटाको सहिदभुमी गाँउपालिका वडा नं ७ स्थित टपुदेवी माध्यमिक विद्यालयको ४ कोठे दुइ वटा पक्की भवन उद्घाटन गर्दै सांसद राइले त्यस्तो बताउनु भएको हो ।

प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय सदस्य राईको पहलमा राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा धनकुटाबाट प्राप्त बजेट ७२-७२ लाख लागातमा भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै शिक्षा क्षेत्रको विकास, सुधार र दक्ष जनशक्ति उत्पादनका लागि सबै भन्दा पहिला भवनको आवाश्यक पर्ने भएकाले आफ्नो पाँच वर्षे कार्यकालमा जिल्ला भित्र ३ सय भन्दा बढि विद्यालय भवन निमार्ण तथा विकास गर्न सफल भएको उहाँले दावी गर्नु भयो ।

हामी दोबाटोमा उभिएका छौ, अब हामीले बाटो तयार गर्ने बेला आएको छ , शिक्षा क्षेत्रको गुणस्तर सुधारले मात्र देश बन्ने भएकाले आगामी संघ र प्रदेशको निर्वाचनमा ठिक व्यक्तिलाई छान्न सकियो भने मात्र सपना पुरा हुनेछ, भन्दै उहाँले सम्पूर्ण शिक्षा प्रेमि ,बुद्धिजिवी समाजसेवि अभिभावक लगायत आम जनतालाई ठिक व्यक्तिलाई छानेर भोट दिन आह्वान गर्नु भयो ।

कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख साबित्रा राई , गााउपालिका अध्यक्ष मनोज राई , वडा अध्यक्ष बमबहादुर राई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यालयका प्रधानध्यापक, शिक्षकहरुको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।