काठमाडौं महानगरले भत्कायो वीर अस्पताल क्षेत्रको अनधिकृत संरचना

काठमाडौं, ६ असोज । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचना भत्काएको छ । बिहीबार महानगरले वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको हो ।

संरचना भत्काउने विषयमा महानगरले माइकिङ गरेर जानकारी दिने र समान हटाउन अनुरोध गर्ने गरेको छ । बिहीबार नगर प्रहरी, स्थानीय जनप्रतिनिधिसहितको टोलीले वीर अस्पताल अगाडि रहेका अनधिकृत संरचना भत्काएको हो ।

अनधिकृत संरचनामा फार्मेसी रहेक थिए । पार्क बनाउने भनेर स्वीकृति लिएको स्थानमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्न भाडामा दिएपछि महानगरले डोजर चलाएको हो ।

कुमाल सङ्ग्रहालय ः ‘फिलिङ मै रकम सकियो’
भरतपुर, ६ असोज (रासस) ःकुमाल समुदायको संस्कृति संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको सङ्ग्रहालय भवन अलपत्र परेको छ । नेपाल कुमाल सुधार समितिले भरतपुर महानगरपालिका–११ बोहोरा मार्गमा सङ्ग्रहालय भवन बनाउन थालिएको थियो । भरतपुर महानगरपालिकाका निवर्तमान उपप्रमुख पार्वती शाह ठकुरीले विसं २०७७ चैत ७ गते भवनको शिलान्यास भएको थियो ।

करिब एक कठ्ठा सरकारी जमिनमा विसं २०७८ देखि भवन निमार्णको काम सुरु भएको सङ्ग्रहालयका संयोजक खुसबहादुर कुमालले बताउनुभयो । तर रु २५ लाख ४३ हजार खर्चिँदा पनि भवनको एक तला पनि बन्न सकेन । उहाँले भन्नुभयो, “बन्दै गरेको सङ्ग्रहालयका लागि महानगरले रु पाँच लाख, ११ नं वडाले रु आठ लाख र सांसद पार्वती सिलवालको पहलमा बागमती प्रदेशबाट रु १२ लाख ४३ हजार बजेट प¥यो । तर जग्गा गहिराइमा भएकाले १८ फिट पुर्दा, जग हाल्दा, गारो लगाउँदा, फिलिङ गर्दा नै यो रकम सकियो ।” भवन निमार्णको क्रममा अझै रु दुई लाख ऋण रहेको कुमालले बताउनुभयो ।

यो सङ्ग्रहालय पूर्णरूपमा निर्माण सम्पन्न हुनका लागि रु एक करोड २५ लाख कुल खर्च लाग्ने अनुमान गरिएको छ । यसका लागि बाँकी रकम जुट्न नसक्दा भवन निर्माण अलपत्र परेको समितिका चितवनका अध्यक्ष ज्ञानबहादुर कुमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म रु २७ लाख ४३ हजार खर्च भइसक्यो । माग गरेको बजेटमा ढिलासुस्ती हुँदा सङ्ग्रहालय बन्न वर्षाैँ लाग्ने भो । ” अध्यक्ष कुमालले संस्कार र संस्कृति देशको पहिचान भएकाले यसको संरक्षण र प्रवद्र्धन गर्न राज्यका निकाय छिटो–छरितो हुनुपर्ने र सङ्ग्रहालयलाई पूर्णता दिन सरकारदेखि हरेक सामाजिक क्षेत्रमा धाइरहेको बताउनुभयो ।

कुमाल समुदायको लुकेको र लोप हुँदै गइरहेको संस्कृति, सभ्यता जगेर्ना गर्नका लागि सङ्ग्र्रहालयले महत्वपूर्ण भूमिका खेल्ने समितिको विश्वास छ । निर्माणाधीन भवन तीन तलाको हुने छ । यसभित्र सातवटा कोठा हुनेछन् । सङ्ग्रहालयको दुईवटा तलामा कुमाल समुदायको मौलिक संस्कार, संस्कृति, सभ्यता झल्किने सामग्री राखिने छ । तेस्रो तलामा कार्यालय बनाइने छ । चितवनको मेघौली, जुटपानी, सालबास र तनहुँमा रहेका कुमाल समुदायको मुख्य पेशा माछा मार्ने, जाल बनाउने, माटोका भाँडा बनाउने हो । कुमाल अगुवा तथा संयोजक खुसबहादुर कुमालले कुमाल समुदायको लुकेको संस्कृति जगेर्ना गर्नका लागि सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।