नेकपा एमाले धनकुटाको प्रदेश निर्वाचन क्षेत्र (ख) र प्रतिनिधि सभा, क्षेत्र समन्वय कमिटी सम्पर्क कार्यालय उद्घाटन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले धनकुटाको प्रदेश निर्वाचन क्षेत्र (ख) र प्रतिनिधि सभा, क्षेत्र समन्वय कमिटी सम्पर्क कार्यलयको उद्घाटन गरिएको छ ।
धनकुटा नगरपालिका १ हिले बजार माईक्रो स्टेण्न छेउमा स्थापना गरिएको कार्यालयको आज पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज राजेन्द्र कुमार राई र जिल्ला अध्यक्ष ईन्द्रमणी पराजुलीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सम्पर्क कार्यालय उद्घाटन संगै यहाँ पार्टीको चुनावी अभियान शुरु भएको नेकपा एमालेले जनाएको छ । कार्यलयको उदघाटन गर्दै ईन्चार्ज र अध्यक्ष पराजुलीले पार्टीका सबै नेता कार्यकर्तालाई चुनावी प्रचारप्रसारका लागि यु’द्द स्तरमा खट्न आव्हान गरेका छन् ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य दिपक बुढाथोकी , यज्ञ कुमारी रुचाल , बल्दिप राई , पार्टीका उप सचिव शिव आङ्ला , जिल्ला कमिटी सदस्य ,पालिका कमिटी सदस्य र विभिन्न जनवर्गीय संगठनका प्रमुख लगायत कार्यकर्ताको उपस्थिति थियो ।
कार्यक्रम प्रदेश निर्वाचन क्षेत्र नं (ख) का संयोजक भिम राईको अध्यक्षतामा भएको थियो । स्वागत मन्तव्य निर्वाचन क्षेत्र नं (ख) का सहसंयोजक पर्शुराम नेपालले राख्नु भएको थियो भने सञ्चालन सचिव टेक बहादुर घिसिङले गर्नु भएको थियो ।



