नेपालमा नै पहिलो पटक डिबी रानापालले पाए मार्सल सेल्फ डिफेन्समा डाक्टरको उपाधि

काठमाडौं: नेपाल सेल्फ डिफेन्स संघका केन्द्रिय अध्यक्ष डिबी रानापालले युनिभर्सिटि वर्ल्ड कम्ब्याट मार्सल आर्ट कलेज मार्फत डक्टरेटको उपाधि पाएका छन्।

नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा भएको आत्मरक्षा सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सेमिनार तथा हिमालयन हल अफ फेम अवार्ड कार्यक्रममा अन्तराष्ट्रिय सेल्फ डिफेन्सका संस्थापक अध्यक्ष पोल्यान्डका स्टानिस्ल म्याजर्याक र अन्तर्राष्ट्रिय कम्ब्याट मार्सल आर्टस् सोसाइटीका संस्थापक भारतका जगदिश सिंह खत्रीले डा.डिबी रानापाललाई युनिभर्सिटिको पिएचडि मार्सल आर्टको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

महिलाहरूलाई सवल र सक्षम बनाई घरेलु तथा लैंगिक हिंसा न्यूनीकरण कसरी गर्ने, आकस्मिक हमला, सामूहिक झगडा, बलात्कार त्यसैगरी समाजमा हुने विभिन्न हिंसालाई कसरी न्यूनीकरण गर्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उनले पुर्याएको योगदान तथा मार्सल सेल्फ डिफेन्समा आफ्नो कला कौसल र क्षमताको उच्च प्रदर्सन गर्दै बिषय विज्ञता हासिल गरेको कारण युनिभर्सिटि वर्ल्ड कम्ब्याट मार्सल आर्ट कलेजले डा.डिबी रानापाललाई पिएचडि डाक्टरको प्रमाणपत्र प्रदान गरेको हो। उनि नेपालको नै पहिलो मार्सल सेल्फ डिफेन्समा डाक्टरको उपाधि पाउने व्यक्ति बनेका छन् ।

सन् २०१६ मा स्थापना भएको नेपाल सेल्फ डिफेन्स संघले आत्मरक्षा सम्बन्धी तालिम प्रदान गर्दै आएको छ। नेपालको सातै प्रदेसमा शाखा खोलि मुलुकभर आत्मरक्षा सम्बन्धी तालिम संचालन गर्दै आएको यस संस्थाले अन्तराष्ट्रिय स्तरमा ख्याति समेत कमाएको छ। पछिल्लो समय नेपाली समाजमा महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराधबाट महिला तथा किशोरीहरू प्रभावित भएकाले उनीहरूको पक्षमा संघले काम गर्दै आएको छ। डिबी रानापाल नेपाल सेल्फ डिफेन्स संघका संस्थापक अध्यक्ष हुन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।