विराटनगरलाई चितवनले दियो १५८ रनको लक्ष्य
काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५७ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङमा ओर्लिएको चितवनले इंगल्यान्डका क्रिकेटर डेविल मलानको अर्धशतकको मद्दतमा २० ओभरमा तीन विकेट गुमाउँदै १५५ रन बनाउन सक्यो । मलानले ७० र्न बनाए ।
रवि बोपराले ३२ र डन मोस्लेले २९ रन बनाए ।
विराटनगरका लागि वेस्ट इन्डिजका खेलाडी आन्द्रे रसल महँगो सावित भए ।
उनले चार ओभरमा एक विकेट लिएर ४० रन खर्चिए ।


