युएनएफपिएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ, १२ असोज । सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीमा महिला तथा किशोरीको यौ न तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक स्वास्थ्य सामग्री, ‘डिग्निटी किट’ र किशोरी किट वितरण गरेको छ । गत हप्ता अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट सो प्रदेशका विशेष गरी महिला तथा किशोरी वढी प्रभावित भएका जनाइएको छ ।

दार्चुला जिल्ला अस्पताललाई पाँच र महाकाली नगरपालिका–२ स्थित स्वास्थ्यचौकीलाई दुई स्थान प्रजनन स्वास्थ्य सामग्री (आरएच किट्स) प्रदान गरेको युएनएफपिएद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । प्रजनन स्वास्थ्य सामग्रीमा यौनजन्य सङ्क्रमणको उपचार गर्न, सुत्केरी गराउन र प्रसूतिसम्बन्धी जटिलताको व्यवस्थापन गर्न र बलात्कार भएको अवस्थामा उपचारका लागि आवश्यक औषधि तथा सामग्री समावेश गरिएको जनाइएको छ ।

राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी एजेन्सीका रुपमा कार्यरत युएनएफपिएले सुदूरपश्चिम प्रदेशका दार्चुला, अछाम र कैलाली जिल्लामा विपत्का प्रभावित महिला तथा किशोरीहका लागि चार सय ६२ डिग्निटी किट्स र दुई सय ७० किशोरी किट्स वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

गर्भवती र सुत्केरीसहित महिला तथा किशोरीहरुको महिनावारीलगायत आधारभूत स्वच्छता तथा सुरक्षाको सुनिश्चतताका लागि डिग्निटी किट्स र किशोरी किट्स वितरण गरिएको हो । उक्त किट्सहरुमा विपत्का बेला महिला तथा किशोरीका लागि चाहिने अत्यावश्यक सामग्रीहरु राखिएका छन् ।

उक्त सामग्रीहरु वितरणसँगै युएनएफपिएले यौन तथा अन्य हिंसाको जोखिम सम्बोधन गर्न हिंसा रोकथामसम्बन्धी सन्देश तथा त्यससम्बन्धि सेवा प्रवाह गर्ने निकायहरुको नाम, टेलिफोन नम्बर तथा जानकारीसमेत प्रदान गरेको जारी विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य सामग्रीमा परिवार नियोजनका साधनसमेत समेटिएका छन् ।

जिल्ला अस्पताल दार्चुलाका मेडिकल सुपरिटेन्डेन्ट डा आदर्श लिम्बूले सामग्री ग्रहण गर्दै विपत्का बेला महिला तथा किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवालाई निरन्तरताका दिन युएनएफपिएको सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सो अवसरमा युएनएफपिएका नेपाल प्रतिनिधि योङ होङले भन्नुभयो, “मानवीय विपत्का बेला विद्यमान लैङ्गिक विभेद तथा यौन तथा प्रजनन स्वास्थ्यमा गरिने बेवास्ताका कारण महिला तथा किशोरी सबैभन्दा बढी प्रभावित हुन्छन् । अझ प्रभावितका लागि व्यवस्था गरिएका अस्थायी टहरा तथा आश्रयस्थलमा लैङ्गिक हिंसाको जोखिम बढी हुन्छ । सुदूरपश्चिममा मात्र होइन मुलुकका अन्य भागमा समेत मानवीय विपत्का बेला महिला तथा किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यकतालाई प्रभावकारीरुपमा सम्बोधन गर्नका लागि सरकार तथा प्रमुख सरोकारवालाहरुलाई तयारी अवस्थामा रहून् भनेर सुनिश्चित गर्न युएनएफपिए प्रतिबद्ध छ ।”

विज्ञप्तिमा मानवीय विपत्का बेला महिला तथा किशोरीहरुले यौन तथा प्रजनन स्वास्थ्य तथा लैङ्गिक हिंसा सम्बोधन गर्ने सेवा निरन्तर रुपमा पाइरहून् भनेर सुनिश्चितता गर्न यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी मध्य तथा दीर्घकालीन आवश्यकताहरु पहिचानगर्नका लागि सरकारलाई सहयोग पु¥याउन युएनएफपिए साझेदार संस्थाहरुसँग कार्य गरिरहेको जनाइएको छ । युएनएफपिएले मानवीय विपत्लाई प्रभावकारी रुपमा सम्बोधन गर्न अष्टे«लिया र बेलायत सरकार तथा युरोपियन युनियनको सहयोगमा विभिन्न किसिमका ७० सेट यौन तथा प्रजनन स्वास्थ्य सामग्री (आर एच किट्स्) एवं १० हजारभन्दा बढी डिग्निटी र किशोरी किट्सहरु तयारी अवस्थामा राखेको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।