ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सुरु

फुङ्लिङ, १३ असोज । ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सुरु भएको छ । ताप्लेजुङ पर्यटन महत्सवको अवरमा हिमालयन गाइड्सले पाथीभरा म्याराथन प्रतियोगिताको आयोजना गरको हो ।

पुरुष म्याराथनतर्फ एक सय ३५ धावक र हाफ म्याराथन महिलातर्फ २४ धावक सहभागी छन् । धावकले सदरमुकाम फुङलिङको वीरेन्द्र चोकबाट तोक्मेडाँडा, सुकेटार, देउराली, काफ्लेपार्टी, माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिर परिक्रमा गरी त्यही मार्ग भएर तोक्मेडाँडा आइपुग्नुपर्ने छ ।

हाफ महिला म्याराथनतर्फ पनि यही मार्गको काफ्लेपाटी पुगेर फर्किनुपर्ने म्याराथन सञ्चालन समितिका संयोजक यिगेन्द्र गुरुङले बताउनुभयो । खुलातर्फ प्रथम पुरस्कार रु एक लाख ५१ हजार, द्वितीयलाई रु एक लाख ११ हजार र तृतीयलाई रु ५१ हजार तथा महिलातर्फ प्रहिलोलाई रु ८१ हजार, द्वितीयलाई रु ५१ र तृतीयलाई रु ३१ हजार प्रदान गरिने छ ।

विसं २०७६ मा ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सम्पन्न भएको थियो । त्यसयता कोभिड–१९ का कारण प्रतियोगिता हुन सकेको थिएन । विसं २०७६ मा खुलातर्फ सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका सुमन कुलुङले चार घण्टा १३ मिनेट २७ सेकेण्डमा निधारित दूरी पार गर्दै उपाधि जित्नुभएको थियो । महिलातर्फ जुम्लाको पातारासी गाउँपालिकाकी सुनमाया बुढा क्षेत्रीले निर्धारित दूरी तीन घण्टा ३८ मिनेटमा पूरा गर्दै प्रथम हुनुभएको थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।