सहिदभूमिमा सेनाको श्री भीमदल गणद्धारा आयोजित निःशुल्क स्वस्थ्य शिविर सम्पन्न

धनकुटा,१४ असोज । धनकुटा सदरमुकामको सल्लेरीमा रहेको नेपाली सेनाको श्री भीमदलगणले धनकुटाको शहिदभूमी गाउँपालिकामा वडा न ३ मा निःशुल्क स्वस्थ्य शिविर सम्पन्न गरेको छ । गणको आयोजनामा असोज १३ गते निःशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको श्री भीमदलगण धनकुटाले जनाएको छ ।

जिल्लामा रहेका श्री नं २ फिल्ड एम्बुलेन्स गुल्म, जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटा , जिल्ला अस्पताल धनकुटा , डा. राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटा , हलेशी डेन्टल क्लिनिक धनकुटा लगायत स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायहरुको संयुक्त प्रयासमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको सेनाले जनाएको छ ।

शहिदभुमी गाउँपालिकामा बसोबास गर्ने स्थानीय जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले संचालन गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरको श्री नं २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेश कुमार थापाले उत्घाटन गर्नु भएको थियो । उक्त स्वास्थ्य शिविरमा स्थानीयहरुलाई साधारण स्वास्थ्य परीक्षण, नाक, कान घांटी परीक्षण, आँखा परीक्षण, दाँत परीक्षण, औषधी वितरण जस्ता सेवाहरु प्रदान गरिएको थियो जसमा बालबालिका ६८ जना, महिला १०० जना, पुरुष ६० जना र बृद्धबृद्धा ५३ जना गरी जम्मा २८१ जना स्थानीयहरु स्वाथ्य परिक्षण गराएको थिए ।

जसमध्ये ७२ जनाले स्वास्थ्य परीक्षण, ७५ जनाले आँखा परीक्षण, ८३ जनाले दाँत परीक्षण र ५१ जनाले नाक, कान, घाँटी परीक्षण गरेका थिए । उक्त कार्यक्रममा श्री नं २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेश कुमार थापा, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारी, शसस्त्र प्रहरी बल नेपालका स.ना.उ दिपक बलामी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख श्री तुल्सी कटेल, शहिदभुमी गा.पा. अध्यक्ष श्री मनोज राई, जिल्ला समन्वय समिति, धनकुटाका उपप्रमुख श्रीमति सावित्रा राई, वडा नं ३ का वडा अध्यक्ष होमनाथ राई, जाल्पादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मातृका राई, अस्पताल तथा स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, बुद्धिजिवि लगायत स्थानीयबासिहरु गरी करिव ४०० जनाको उपस्थिती रहेको सेनाको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।