किरात राई पत्रकार संघको १५ औं स्थापना दिवसको अवसरमा धनकुटामा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न
धनकुटा । किरात राई पत्रकार संघको १५ औं स्थापना दिवसको अवसरमा आज धनकुटामा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
किरात राई पत्रकार संघ जिल्ला कार्य समिति धनकुटाको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरुले किराँत सञ्चारकर्मी तथा संघ संस्थाहरुले आफ्नो भाषा, धर्म कला, संस्कार, संस्कृतिको संरक्षण प्रवर्दनमा जोड दिनु पर्ने सुझाव दिएका छन् ।
उनिहरुले किराती समुदायको कतिपय संस्कार सस्कृती तथा भाषा लोप हुने अवस्थामा पुगेको भन्दै त्यस्ता कुराहरुको संरक्षण, प्रवद्र्धन गर्न तर्फ लाग्नु पर्ने बताएका छन् ।
किरात राई यायोक्खा जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष उद्धवमणी राईको प्रमुख आतिथ्य तथा किरात राई पत्रकार संघ जिल्ला कार्य समितिका अध्यक्ष सर्मिला राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रिय सदस्य विदुर खवास,किरात राई पत्रकार संघ पूर्व केन्द्रिय सदस्य टकलाल राई,किरात राई पत्रकार संघ धनकुटाका पूर्व अध्यक्ष सुखकला राई,फोनिज प्रदेश नं १ का अध्यक्ष सन्तवीर लामा,जिल्ला अध्यक्ष विनु चेम्जोङ,रेडियो भेडेटारका स्टेशन म्यानेजर तथा फोनिज जिल्ला सचिव पूर्ण कुमार चौधरी,पत्रकार महासंघ धनकुटाका सचिव हरी लम्जेल र संगालो खबर संवादाता सन्तोष सुवेदी लगायतले संघको स्थापना दिवस तथा दशै, तिहार,छठ, नेपाल सम्वत,उधौली लगायत चाडपर्वको शूभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य किरात राई पत्रकार संघ धनकुटाका कोषाध्यक्ष कृष्णकुमारी राईले राख्नुभएको थियो भने सञ्चालन सचिव जयन्ती राईले गर्नुभएको थियो । संघ सहसचिव कुसुम राईले प्रमुख अतिथि,अतिथिहरुलाई खदा ओढाई स्वागत गर्नुभएको थियो ।
सोही अवसरमा किरात राई यायोखाका जिल्ला अध्यक्ष सहित नवगठित कार्य समितिलाई संघको तर्फबाट बधाई ज्ञापन गरिएको थियो ।


