अब धनकुटा जिल्लामा पालिका प्रमुखहरु कोही पनि सुरक्षित रहने छैनन्

जीवनप्रसाद राई । प्रख्यात राजनीतिक शास्त्री तथा बिचारक मेकियावेलीले राजनीतिमा साम, दाम, दण्ड र भेदको नीति अवलम्बन गर्ने छुट दिएका छन । उनकै बिचारले नै संसारब्यापी कम्युनिष्टहरु माथि कडाभन्दा कडा दमन गरियो यसैगरि चीनमा देङ सियाओ पेङले गरेको प्रजातान्त्रिक आन्दोलनलाई निर्ममतापुर्वक दमन गरे । संसारमा कम्युनिष्ट आन्दोलनहरु धेरै भए । यसैगरि कम्युनिष्ट मुलुकहरुलाई प्रजातान्त्रिक बनाउने प्रयास स्वरुप प्रजातान्त्रिक आन्दोलनहरु समेत भए । यसै फलस्वरुप सोभियत युनियन ढल्यो । चीनमा माओले नरसं’हारकारी आन्दोलन चलाए । नेपालमा पनि माओवादी आन्दोलनमा सरकारी पक्षको दमन र माओवादीले त्यसको प्रतिरोधका घट्नाहरु भए । तर नेपालमा २०६३ सालको दोस्रो जनआन्दोलन पछि संसदको पुनःस्थापना पश्चात निरन्तर राजनीतिक घट्ना क्रमले राज्यको पुनःसंरचना रुप लियो ।

प्रजातन्त्र रहेको मुलुकमा राजनीतिमा आफ्नो एजेन्डा लागु गर्नका लागि चुनाव जित्नै पर्दछ । चुनाव जित्नका लागि अनेकौ प्रकारका प्रोपोगाण्डा तथा सहाराहरुको प्रयोग गर्नु नै मेकियावेलीले भनेका सिद्धान्त हुन । पाख्रीबासमा चुनाव अघि जे भयो त्यो सही थियो तर चुनाव पछि जुन गतिबिधि भईरहेको छ त्यो भने सतप्रतिसत गलत छ ।

चुनाव जितिसके पछि एजेण्डाहरुलाई कार्यान्वयन गर्नका लागि गम्भिर हुनुपर्दछ नकि चुनावमा लात हानिएका मानिसहरुको पछि लागेर समय बर्वाद गरिरहने ।

धनकुटाको पाख्रीबासमा यस्तै भएको देखिन्छ । निकै उत्साहका साथमा निर्वाचित सरकारले आफ्नो एजेण्डाहरु लागु गरेर बिकास निर्माण तथा उत्पादनमा जोड दिई संमृद्धिका लागि बाटो तय गर्नुपर्नेमा त्यो बिर्सेर अर्कै नाटक मन्चन हुदैछ । यो सरासर गलत अनि हठात मनस्थितिबाट उद्धेलित भएको देखिन्छ किन्तु यसले पाख्रीबास अनि धनकुटालाई राम्रो गर्ने छैन । यसले पद खुस्केका मानिसलाई होईन पदमा बहाल रहेका मानिसलाई गम्भिर असर पुर्याउँछ भन्ने अलिकति हेक्का राखिएन भने गम्भिर दुर्घटना नजिकै पुगेको थाहै हुदैन । राजनीति सिद्धान्त अनि बिचार बिहिनहरुको हातमा पुगेपछि हुने नै यस्तै घट्नाहरु हुन । यसलाई अचम्म मान्नु आवश्यक छैन तर सच्चाउनु पर्ने भने जरुर देखिन्छ । स्मरण रहोस सुर्यलाई भस्म बनाउँछु भनी उडेर गएको चटायु आफै जलेर भस्म भएको घट्ना हामीमाझ उदाहरण छ ।

धनकुटा जिल्लामा रहेका साविक गाविसहरुलाई गाभेर ७ वटा स्थानीय तहमा परिणत गरियो । स्थानीय तह संरचना पछि गाँउ गाँउमा बिकास हुने, रोजगारी सिर्जना हुने तथा आर्थिक बिकासका प्रसस्त्रै मात्रामा अवसरहरु सिर्जना हुने सबैको अनुमान थियो । नागरिकहरुमा ब्यापक आशा थियो । आशा मात्रै होईन भरोसा पनि थियो । यो आशा र भरोसा पहिलो स्थानीय निर्बाचनले त्यति धेरै सम्बोधन गर्न सकेन । यसपछि दोस्रो स्थानीय तहको निर्बाचनले बिकासका लागि खोलो बगाउने आशा सहित जनताले मतदान गरे । यस मतदानमा आ आफनै असन्तुष्टीहरु समेत पोख्ने काम मतपेतिका भित्र भए । अब जनता बेकुप छैनन भन्ने सन्देश राजनीतिक दलका नेताहरुलाई धनकुटेली जनताले राम्ररी नै सिकाए । परन्तु जनताले दिएको यो मौका पाख्रीबास नगरपालिकामा भने दुरुपयोग भएको देखिन्छ ।

पाख्रीबासले आफ्नो खुट्टामा बन्चरो हान्ने कार्य त गर्यो नै यसपछि बाँकी ६ स्थानीय तहमा समेत असुरक्षित हुने बातारण सिर्जना गरिदिएको छ ।

कुनै अमुक ब्यक्ति वा खडा गरिएको ब्यक्तिलाई, भष्ट्राचार बिरोधी आन्दोलनको नाममा वा धनकुटा जिल्लालाई भष्ट्राचार मुक्त जिल्ला अभियानको नामबाट पाख्रीबास नगरपालिकाको परियोजनाका गोप्य सम्पुर्ण कागजातहरु बेचिनु सुखद बिषय होईन र थिएन । सुचनाको हक सम्बन्धी ऐन २०६४ को प्रयोग गरि कागजातहरु बिक्री गरिएको छ । त्यो गम्भिर प्रकृतिको घट्ना थियो र भयो । अझ निजामतीमा उत्कृष्ट पुरुस्कार प्राप्त ब्यक्ति प्रमुख प्रशासकीय अधिकृतबाट यसप्रकारका घट्ना घटेको देखिन्छ यो सामान्य बिषय होईन । यसबाट धेरै आंशकाहरु सिर्जना गरिदिएको मात्रै नभएर एकले अर्कोलाई सिध्याउनका लागि नजिर खडा गरिदिएको छ ।

मानौ यो प्रयोगले धनकुटामा मन्द बि’षको प्रयोग शुरु भएको र आवश्यकताको आधारमा ग्रिनेट बमको रुपमा प्रयोग गर्न सकिने हतियारको रुपमा समेत स्थापित गरिदिएको छ ।

अर्थात अब धनकुटामा आफ्नो दल वा गुटको ईच्छा चाहना अनुसार कार्यक्रमहरु संचालन नभएमा त्यही भित्रको कर्मचारीहरुको प्रयोग गरेर आफु अनुकुल काम नगर्ने पालिका प्रमुखहरुको सुरुवाल फुकालिदिने सजिलो अस्त्रको रुपमा पाख्रीबासले अभ्यास शुरु गरेको छ ।

कागज बिक्री गम्भिर बिषय :

पाख्रीबास नगरपालिकाले कफी परियोजनाको जुन प्रकारले सुचनाको हक प्रयोग गरेर कागजहरु बिक्री गरेको छ । त्यो आफैमा कानुन विपरित भएको कानुन ब्यवसायीहरुको राय छ । यो कानुन विपरित मात्रै नभई ब्यवहारिक रुपमा समेत निकै गम्भिर बिषय भएको राजनितिक बिश्लेषकहरु बताउँछन । नेपालमा बहुदलीय ब्यवस्थाको प्रयोग प्रश्चात कहिले एमाले, कहिले कांग्रेस वा कहिले माओबादी वा अन्य कुनै दलले सरकार वा स्थानीय तह जितेर कार्य गरिरहेको हुन्छन । स्थानीय तहमा जुन रुपमा भष्ट्राचारको नाममा राजनीति गर्ने गरिएको छ । त्यो ब्यक्तिको कारण मात्रै नभएर राजनीतिक दलबाट समेत प्रेरित रहेको हुन सक्दछ । नेपालमा रहेका राजनीतिक दल वा नेपालमै राजनीति गर्नेहरुले के कुरामा स्पष्ट हुनुपर्दछ भने जुनसुकै दल आए पनि पदिय आफ्नो अधिकार प्रयोग गरेर कार्यक्रम संचालन गर्न पाउनेछ ।

तर त्यसैलाई नै भष्ट्राचारका नाममा कागजलाई बिक्री गर्ने नजिर खडा गर्दै जाने हो भने त्यसबाट सबै दलका सबै पालिका प्रमुखहरु माथि गम्भिर प्रश्न उठाउन सकिनेछ र पालिका प्रमुखहरुको अधिकार सिधै हनन गरि उनीहरुलाई संकटमा पार्न सकिनेछ ।

अझ यस सम्बन्धमा बिवेक भएका मानिसहरुले यसलाई पुर्ण रुपमा उपयोग गर्ने हो भने छिनभरमै विवाद खडा गरेर आफ्नो अभिष्ट पुरा गर्न सक्नेछन ।

पाख्रीबास नगरपालिकामा कफी परियोजनाको सम्पुर्ण कागजातहरुलाई बिक्री गरेर कुनै पार्टीलाई समाप्त पार्ने तथा कुनै ब्यक्तिलाई समाप्त पार्ने नाममा नै बेचिएको हो र थियो भने यो नजिरले सबै पार्टी, दल वा ब्यक्तिलाई समाप्त पारेको छ । एमालेलाई खाने बाघले कांग्रेसलाई छोड्ने छैन फरक यति हो आज एमालेलाई खायो अन्य दलले ताली बजाएको छ । भोलि कांग्रेसलाई खादाँ एमालेले ताली बजाउने नै होला । यसलाई कसैले नजरअन्दाज नगरेकै कारणले पाख्रीबासमा गम्भिर भुल भएको राजनीतिक बिश्लेषकहरु बताउँछन । कसैका लागि प्रयोग गरिएको बिष एक दिन आफैले र सबैले पिउनुपर्ने बाध्यताको रुपमा यो घट्नाले पाठ सिकाएको छ । यो घट्ना किन पनि घातक छ भने अब धनकुटामा कसैलाई चित्त नबुझ्ने बित्तिकै कुनै ब्यक्ति खडा गरेर कसैलाई खुईलाउनका लागि भएपनि यस्ता घट्नाहरु हुनेछन । यसैले पनि कुनै पनि पालिकाका प्रमुखहरु सुरक्षित हुने छैनन ।

महत्वपुर्ण आयोजनाको कुनै पनि कागजात सुचनाको हक प्रयोग गरेर पनि दिन नहुने यदि दिनै पर्ने अवस्थामा सकारात्मक प्रयोजनका लागि पालिकाको पुर्ण बैठकबाट निर्णय गरेर मात्रै दिन सकिने नेपाल समाजबादी पार्टीका केन्द्रिय सदस्य तथा बिगतमा लामो समय आयोजना प्रमुख रहेका नन्दु यम्फु बताउँछन ।

प्रत्येक नागरिकलाई सुचनाको हक भएको र रहेको भए पनि बिकास आयोजना प्रभावित बनाउने उद्धेश्यले कुनै पनि आयोजनाको कागजातहरु बिक्री गरिनु अति संवेदनशील कार्य हो ।

त्यसो गरिनु अख्तियार प्राप्त ब्यक्तिले अख्तियारको दुरुपयोग गरेको मानिनेछ नन्दु यम्फुको जिकिर रहेको छ ।

हरेक बिकासका बिषयहरु राजनीतिक आँखाले मात्रै हेर्न नहुने यसलाई समाजशास्त्रीय दृष्टिकोण, मानव शास्त्रीय दृष्टिकोण तथा अर्थशास्त्रको दृष्टिकोणले हेर्नुपर्ने कानुन बिद तेज बहादुर बस्नेत बताउँछन । स्थानीय स्तरमा सबै कुरा राजनीतिक रुपमा मात्रै हेरिनु नै समस्या रहेको देखिन्छ ।

बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बींड :

पाख्रीबास कफी परियोजना धनकुटालाई एउटा गति दिने परियोजना थियो । तर यसमा हामीलाई भष्ट्राचार गर्न दिईएन वा भष्ट्राचार गर्न पाईएन भन्ने तत्वले बबाल गरेको भन्दा अरु केही होईन । सत्य एकातिर रहेको छ तर त्यो सत्य के हो भन्ने नबुझीकनै उफ्रने जमात नै आजको दिनमा मंहगो साबित हुदैछ । हिजो नेपाली कांग्रेसका सर्बमान्य नेता गणेशमान सिंहले जनतालाई भेडाको संज्ञा दिएका थिए । आजको दिनमा उनी जिवितै रहेका थिए भने सामाजिक संजालमा केही कुरै नबुझीकन उफ्रने जमातलाई देखेर कसम महाभेडाको संज्ञा दिने थिए ।

पाख्रीबास कफीको घट्ना बुझ्नेलाई सामान्य घट्ना होईन तर यसलाई धेरैले सामान्य मजक गर्ने र कसैको धोति उतारिदिने प्रयोजनमा प्रयोग गरेको देखियो तर यो घट्नाले सिंगो धनकुटाका पालिका प्रमुखलाई असुरक्षित बनाईदिएको छ । दोस्रो स्थानीय निर्बाचनको नतिजा आएको मुखमै भएको यो काण्डले अब जुनसुकै बेला पनि पालिका प्रमुखहरुको सुरुवाल खोलिदिन सकिने राम्रो सन्देश दिन सफल घट्ना हो

बुझ्नेलाई यो कुरा गहिरो छ नबुझ्नेको घर छेउमै पहिरो छ । यो नेपाली गीत वा उखान त्यसै पुर्खहरुले रचना गरेका थिएनन । नेपालमा सामान्यतः अघोषित रुपमा परियोजनामा काम पनि गर्ने रकम पनि बाँडफाँट गर्ने भन्ने चलन रहेको सुनिन्छ । हावा नआई पात हल्लिदैन । यदि सबैलाई चित्त बुझेमा यसलाई कुनै बिषयको उठान नगर्ने अर्थात भष्ट्राचार भएको नमानिने तर कसैको चित्त नबुझेमा भष्ट्राचार भएको बिषय बनाउने गरिएको घट्ना बुझ्नेहरुले छर्लाङगै बुझेका छन  तर यसो भन्दैमा सबै परियोजनाहरु एकै खाल्डोमा पार्न खोजिएको भने होईन ।

पाख्रीबास कफी काण्डले पाख्रीबासलाई जति बदनाम गरेको छ त्यो भन्दा ठुलो बदनाम धनकुटा जिल्लालाई भएको छ ।

बिकास र उत्पादनका लागि सिर्जना भएको परियोजनामा अनावश्यक खालको राजनीति कसैले पनि गर्न हुदैन थियो । यो बिषय राजनीतिक रुपमा अदुरदर्शी चेत भएकाहरुले जति उचाले र पछारे । यो यतिकैमा टुंगिनेवाला पनि छैन यसको बाछिटा धेरै समय सम्म रहिरहेछ । यसबाट धनकुटाको नाममा आउने बजेट वा धनकुटालाई दिईने बाह्य सहयोगहरु प्रभावित हुनेछन । दिनेहरुले एकपटक गम्भिर किसिमले सोचेर मात्रै निर्णय गर्नेछन । ठुला परियोजनाका लागि धनकुटालाई छानिने पनि छैन । किनभने साना साना परियोजनामा समेत भष्ट्राचार भएको नाटक मंचन हुने ठाँउमा ठुला परियोजना कसैले पनि दिने छैनन ।

कसैले ठुला परियोजनाको लागि पहल गरिहालेमा पनि यो सोचेर मात्रै काम गर्नुपर्ने देखियो । यो परियोजनाका लागि भोलिका दिनमा कसैले कुनै स्वार्थवस वा अन्य कुनै पनि प्रकारान्तरले बिवाद सिर्जना गरिदिन सक्नेछ भन्ने हेक्का राखेर मात्रै कार्य गर्नुपर्दछ । अन्यथा धनकुटामा ठुला परियोजना ल्याउन पहल गर्ने जोसुकै होस आफ्नो सुरुवाल फुकाल्न तयार भएर मात्रै कार्य गर्नुपर्दछ । यति हेक्का नराख्ने जोसुकै होस भोलिका दिनमा धनकुटामा आफुलाई जर्बजस्ती अमर बनाउन चाहनेहरुले तपाईको धोति खुस्काउनेछन ।

मै रानी तै रानी कस्ले भर्ने कुवाको पानी

पाख्रीबासमा घटेको यो घट्नामा सबै राजनीतिक दलहरुले आवाज उठाउन जायज ठानेनन र ठानेका छैनन । किनकी यो नितान्त पुर्व मेयर बृष बहादुर राईको नीजि मालिमाको रुपमा लिएका छन । उसैले जिम्मा लिनुपर्ने बिषयको रुपमा ब्याख्या गरेका छन तर यो घट्नाले कति सम्म घट्नाहरु घट्ना सक्ने देखिन्छ भने  कुनै पनि परियोजनाको बारेमा कसैलाई शंका वा नियोजित रुपमा फसाउनु छ भने सुचनाको हक सम्बन्धी २०६४ ऐनलाई प्रयोग गरेर कागज किनेर बबाल मच्चाउन सक्नेछन । भष्ट्राचार आरोप खडा गराएर दोष प्रमाणित भए पनि नभए पनि उनलाई बदनाम गराउनका लागि भने सक्दो काम गर्न सक्नेछन । यतिका गम्भिर बिषयमा धनकुटा जिल्लाको सबैभन्दा ठुलो दलको हैसियत वा पालिका जितेको हैसियतमा नेपाली कांग्रेसले यसको बहस शुरुवात गर्नुपर्दछ नत्र सबैभन्दा असुरक्षित रहने दल नै नेपाली कांग्रेस हो ।

यसैगरि नेकपा एमालेले यसलाई समन्वय गरेर भविष्यमा यस्ता बिषयमा गम्भिर हुनाका लागि पहल कदमी गरिनुपर्दछ । नेपाल कम्युनिष्ट पार्टी माओवादीले आफुले कुनै प्रमुख नजितेको भए पनि भविष्यमा यस्ता घट्नाले गम्भिर असर पार्ने कार्य स्वरुप यसलाई न्युनिकरण गर्ने तथा बिकास बहसमा सामेल हुन पहल गर्नुपर्ने देखिन्छ  तर यदि यसलाई धनकुटामा केही गर्न चाहनेहरुका लागि अझै निराशा खडा गर्ने बिषयको रुपमा प्रयोग हुने देखिन्छ । सबै राजनीतिक दलहरु यो र यस्ता घट्नामा एक भएर कार्य नगर्ने हो भने दलहरु गैर जिम्मेवार भएको बुझुन सकिनेछ । किनकि सबै दलमा आस्था राख्ने कर्मचारीहरु सबै पालिकामा छन । उनीहरुलाई जतिबेला पनि प्रयोग गर्न सकिनेछ । कर्मचारीलाई रचनात्मक रुपमा प्रयोग गर्ने कि आलोचनात्मक प्रयोग गर्ने हो त्यो राजनीतिक दलहरुकै जिम्मा होला । यदि आलोचनात्मक तथा ध्वंसात्मक रुपमा प्रयोग गरिरहने हो भने धनकुटाले कहिल्यै न्याय पाउने छैन । धनकुटा सधै पिछाडिएको रुपमा रहिरहनेछ । अनि भष्ट्राचार मुक्त जिल्लाको अभियान चलाउने हरु मरेका बाघको जुंगा उखेलेर उफ्रिरहनेछन । कालान्तारमा उनीहरु आफु त समाप्त हुन्छन नै दु:खद बिषय उनीहरु संगै धनकुटालाई सती जान बाध्य समेत पार्नेछन । सबैलाई चेतना भया ।।

(लेखक : ३२ बर्ष देखि निरन्तर रुपमा कृषिको अभियानमा रहेका ब्यक्ति हुन । उनी कृषि पर्यटन अभियन्ता, लेखक, स्तम्भकार, उधमी तथा राजनीति शास्त्री समेत हुन ।-सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।