सङ्खुवासभाको खाँदबारीमा अन्तर्राष्ट्रिय अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

किमाथाङ्का, २१ असोज । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।

आगाी कात्तिक १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका आठ क्लबको सहभागिता हुने आयोजकले जनाएको छ । आज सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै आयोजक एडभान्स क्लब मानेभञ्ज्याङका अध्यक्ष ईश्वर घिमिरेले पूर्वी पहाडी जिल्लाको महत्वपूर्ण प्रतियोगिता रहेको र खेल क्षेत्रमा छुट्टै पहिचान बनाउन सङ्खुवासभा जिल्लामा ठूलो खेल महोत्सवका रूपमा गोल्ड कप प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

सामाजिक सद्भावका लागि युवा एकता, विकृति विसङ्गतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता भन्ने मूल नाराका साथ मानेभञ्ज्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्ड प्रतियोगिता हुने भएको हो । पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष घिमिरेले अन्तर्राष्ट्रिय आमन्त्रण गरी सञ्चालन गर्न लागिएको गोल्डकप प्रतियोगितामा एभिनियर फुटबल क्लब क्यामरुन, आमुक्त फुटबल परिवार वेष्ट बङ्गाल भारत, भोजपुर, धनकुटालगायत जिल्लाका क्लबको सहभागिता रहने जानकारी दिनुभयो ।

विजयी टिमलाई रु तीन लाख, कप। मेडलले सम्मान गरिने छ भने उपविजेतालाई रु दुई लाखसहित कप मेडलले सम्मान गरिने प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ ।

फुटबल प्रतियोगितामा करिब रु ३७ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । एडभान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।