धनकुटामा मनोनयन दर्ता गराउने कार्य जारी
धनकुटा,२३ असोज। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि धनकुटामा मनोनय दर्ता गराउने कार्य जारी रहेको छ ।
धनकुटामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्नुभएको छ ।
त्यस्तै एमालेबाट निवर्तमान सांसद राजेन्द्र कुमार राईले मनोनयन दर्ता गराउनु भएको छ भने स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आउनु भएका यूवा नेता हेमराज भण्डारीले पनि प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्नुभएको छ ।
प्रदेश र संघका लागि मनोनयन दर्ता गराउने प्रकृया धनकुटामा जारी रहेको छ ।
यो पनि…
खोटाङमा एमालेको मनोनयन दर्ता
खोटाङ, २३ असोज । खोटाङमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ४ मंसिरका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आइतबार जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा सदस्यका लागि विशाल भट्टराई तथा प्रदेशसभा ‘क’मा पाँचकर्ण राई पिके र प्रदेशसभा ‘ख’मा रामप्रसाद दंगालले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि उनीहरु र्यालीसहित मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेका थिए ।
यस्तै, गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा उठेका नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ), प्रदेशसभा ‘क’मा नेकपा (एकीकृत समाजवादी)बाट उठेका वीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसबाट उठेका भूपेन्द्र राईले दिउँसो तीन बजे मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
गठबन्धनको निर्णयप्रति असहमती जनाउँदै असन्तुष्ट कांग्रेसले पनि प्रतिनिधिसभा र दुबै प्रदेशसभामा छुट्टै मनोनयन दर्ताको तयारी गरिरहेको छ ।


