धनकुटामा एमालेबाट संघमा राजेन्द्र राई, प्रदेशमा निरन राई र इन्द्रमणि पराजुलीको मनोनयन
धनकुटा,२३ असोज । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा एमालेले उम्मेदवारी दर्ता गरेका छन् ।
४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रतिनिधिसभातर्फ पार्टीका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज राजेन्द्र राईले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका छन् ।
यस्तै, प्रदेशसभा ‘क’ मा पार्टीका जिल्ला सचिब निरन राई र प्रदेश (ख) तर्फ पार्टीका जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले मनोनयन दर्ता गरेका छन् ।



तस्बीर : साबित्रा राईको फेसबुक
यो पनि…
खोटाङमा राप्रपाको प्रतिनिधिसभामा मात्र उम्मेद्वारी
खोटाङ, २३ असोज । खोटाङमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेद्वारी दिएको छ ।
४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार उठाएको हो । श्रेष्ठले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् ।
प्रदेशसभा (क) र प्रदेशसभा (ख)का लागि उम्मेदवारको नामावली पठाए पनि राप्रपाले अन्तिममा प्रतिनिधिसभामा मात्र मनोनयन दर्ता गराएको हो ।


